बुटवल पावरको शेयरमूल्य समायोजन

Dec 25, 2019 08:11 AM Merolagani

बुटवल पावर कम्पनी लिमिटेड (BPCL) को शेयरमूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेञ्जमा बैंकको पुस ९ गते बुधबार गत आवको मुनाफाबाट प्रस्तावित बोनसमा शेयरमूल्य समायोजन भएको हो।

कम्पनीले गत आर्थिक वर्षको कमाईबाट लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो।

नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ३२० रुपैयाँ कायम गरेको छ।

कम्पनीले गत आर्थिक वर्षको कमाइबाट १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागिसहित १८ प्रतिशत नगद लाभांश गरि कूल २८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २४ गते वार्षिक साधारण सभा आह्वान गरेको छ। सो स कार्की ब्याङ्क्वेट, बबरमहलमा बिहान ११ बजे शुरु हुनेछ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस ९ गते बुकक्लोज गरेको हो।

बुधबार कम्पनीको समायोजित मूल्यलाई आधार मानेर नेप्सेमा शेयर कारोबार खुल्नेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।