तीन कम्पनीको बुकक्लोज भोलि, आजसम्म कायम शेयरधनीले लाभांश पाउने

Dec 25, 2019 08:34 AM Merolagani

नेप्सेमा सूचीकृत तीन कम्पनीहरुले भोलि अर्थात पुस १० गते, बिहीबार बुकक्लोज गर्दैछन्। यसअनुसार आज (पुस ९ गते, बुधबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सो कम्पनीहरुको लाभांश प्राप्त गर्न सक्नेछन्।

स्पर्स लघुवित्त वित्तीय संस्था, नेपाल ल्यूब आयल र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले, बिहीबार, साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गर्न लागेका हुन्।

स्पर्स लघुवित्त (SPARS) ले पुस २७ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। लघुवित्तले होटल बाराही, लेकसाइड, पोखरामा बिहान ११ बजे साधारण सभा बोलाएको हो।

सभामा सञ्चालक समितिले प्रस्ताव गरेको हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर वितरण गर्ने र सोको कर प्रयोजनको लागि ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ।

यसका साथै, सभाले अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथवा एक्वीजीसन गर्ने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, मर्जर अथवा एक्वीजीसनपश्चात कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी कायम भएपश्चात १० जिल्ले कार्यक्षेत्रलाई विस्तार गरी राष्ट्रियस्तरको बनाउने र सञ्चालक समितिको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

हाल ८ करोड २९ लाख ६३ हजार रहेको यस लघुवित्तको चुक्ता पूँजी १३ प्रतिशत बोनस शेयर वितरणपश्चात ९ करोड ३७ लाख ४८ हजार पुग्नेछ।

पुस ८ गते मंगलबार लघुवित्तको शेयर दोस्रो बजारमा प्रतिकित्ता ६१८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

त्यसैगरी, नेपाल ल्यूब आयल (NLO)ले गत आर्थिक वर्षको मुनाफबाट प्रस्ताव गरेको ३० प्रतिशत नगद लाभांश अनुमोदनका लागि पुस २३ गते २८ औं वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीले याक प्यालेस, पुल्चोक, ललितपुरमा बिहान साढे ११ बजे २८ औँ वार्षिक साधारण सभा बोलाएको हो।

सभाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने र लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ।

त्यस्तै, अरुण भ्याली (AHPC) ले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न पुस २३ गते बाईसौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ।

सो सभा ईन्द्रेणी फूडल्याण्ड, नयाँ बानेश्वरमा बिहान ११ बजे शुरु हुनेछ। शेयरधनीहरुको दस्तखतको लागि शेयरधनी उपस्थिति पुस्तिका बिहान साढे १० बजेदेखि खुल्ला गरिने कम्पनीले जनाएको छ।

सभामा गत आर्थिक वर्षको खुद मुनाफा सहितको सञ्चितिबाट सञ्चालक समितिले प्रस्ताव गरेको ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव रहेको छ। यसका साथै, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

हाल ९३ करोड ३० लाख रुपैयाँ चुक्ता पूँजी रहेको हाइड्रोपावरको बोनसपश्चात पूँजी ९९ करोड ३० लाख रुपैयाँ पुग्नेछ।

पुस ८ गते मंगलबार हाइड्रोपावरको शेयर दोस्रो बजारमा प्रतिकित्ता ९७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।