समता लघुवित्तको लिलामी शेयरमा आजदेखि आवेदन दिन सकिने

Dec 27, 2019 09:43 AM Merolagani



समता लघुवित्त वित्तीय संस्था लिमिटेड (SMATA) ले लिलामी मार्फत बिक्रीमा ल्याएको अवितरित १ लाख ६१ हजार ७३८ कित्ता हकप्रद शेयरमा आज (पुस ११ गते, शुक्रबार) देखि शिलबन्दी बोलपत्र पेश गर्ने सकिनेछ।

लघुवित्तले बिक्रीमा ल्याएको १२ लाख १३ हजार ४४० कित्ता हकप्रद शेयरमा ८४ हजार ५९८ कित्ता संस्थापक र ७७ हजार १४० कित्ता साधारण शेयरगरी कूल १ लाख ६१ हजार ७३८ कित्ता शेयर बिक्री नभएपछि उक्त शेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो।

लघुवित्तले गत असोज २७ गतेदेखि मंसिर १ गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्यका १२ लाख १३ हजार ४४० कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो।

बिक्रीमा ल्याइएको उक्त शेयरमा १० लाख ५१ हजार ३८० कित्ता शेयर मात्र बिक्री भएपछि बाँकी शेयर लिलामीमा आउने भएको हो। लिलामी शेयरमा लगानीकर्ताले पुस २२ गतेसम्म बोलपत्र आवेदन पेश गर्न सक्नेछन्।

लघुवित्तको लिलामी शेयरमा लगानीकर्ताले एनआईबिएल एस क्यापिटल, तथा नेपाल इन्भेष्टमेन्ट बैंकको तोकिएका शाखा कार्यलय मार्फत आवेदन दिन सक्नेछन्। यसका साथै ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडबाट पनि आवेदन दिन सकिनेछ।

संस्थापक तर्फको लिलामी शेयरमा सर्वसाधारणहरुको दरखास्त परेमा न्यूनतम मूल्यभन्दा बढी जतिसुकै मूल्य उल्लेख गरेता पनि पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीहरुलाई दिइने लघुवित्तले जनाएको छ। प्राथमिकता क्रममा परेका विद्यमान संस्थापकहरुलाई शेयर बिक्री पश्चात बाँकी रहन गएका संस्थापक शेयर मात्र अन्य सर्वसाधारण आवेदकहरुलाई बोलकबोलको मान्यता अनुसार बिक्री गरिनेछ।

इच्छुक लगानीकर्ताले कम्तिमा १ सय रुपैयाँ वा सो भन्दा बढी प्रतिस्पर्धि मूल्य अंकित गरी आवेदन पेश गर्न सक्नेछन्। अधिकतम मूल्य अंकित गरी आवेदन गर्ने लगानीकर्तालाई प्राथामिकतामा राखि क्रमैसँग लिलामी शेयर बाँडफाँड गरिने छ।

लगानीकर्ताले बैंकको लिलामी संस्थापक शेयरमा न्यूनतम ५ हजार कित्ता र सर्वसाधारण शेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ता शेयर खरीदको लागि आवेदन दिन पाउनेछन्। लगानीकर्ताले सो सीमाभित्र रहेर आफुले लिन चाहेको शेयर कित्ता उल्लेख गरी बोलपत्र आवेदन पेश गर्न सक्नेछन्।

हाल ६ करोड ६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको हकप्रद निष्काशन पश्चात १८ करोड २० लाख १६ हजार रुपैयाँ पुग्नेछ।




अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट, कारण यस्तो

Oct 22, 2025 06:06 AM

२१ अक्टोबर, अर्थात मंगलबार अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट देखिएको छ। पछिल्ला केही महिनादेखि उच्च दरमा बढेर दैनिक जसो नयाँ नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यमा मंगलबार करिब ६ प्रतिशतसम्मको गिरावट भएको छ।