दुई वाणिज्य बैंक सहित ७ कम्पनीको शेयरमूल्य समायोजन

Dec 30, 2019 08:59 AM Merolagani

दुई वाणिज्य बैंकसहित ७ कम्पनीहरुको शेयरमूल्य समायोजन भएको छ। पुस १४ गते सोमबार नेपाल स्टक एक्सचेञ्जमा यी ७ कम्पनीको गत आवको मुनाफाबाट प्रस्तावित बोनसमा शेयरमूल्य समायोजन भएको हो।

यी ७ कम्पनीहरुले गत आर्थिक वर्षको कमाईबाट लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो।

नेप्सेले नेपाल इन्भेष्टमेन्ट बैंक (NIB) को शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ३९१ रुपैयाँ ८६ पैसा कायम गरेको छ।
बैंकले लाभांश पारित गर्ने विशेष एजेण्डा सहित साधारण सभा आह्वान गरेको छ। बैंकको ३३ औँ वार्षिक साधारण सभा पुस २८ गते, राष्ट्रिय सभागृह, प्रदर्शनी मार्गमा बिहान १० बजे शुरु हुनेछ।

सभाले बैंकको चुक्ता पूँजीको १०.५ प्रतिशत बोनस शेयर जारी गर्ने र कर सहित ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले अन्य कुनै बैंक वा वित्तीय संस्था प्राप्त गर्ने वा मर्जर सम्बन्धी कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

एक अर्ब ३५ करोड १३ लाख २३ हजार ६५६ रुपैयाँ बराबरको एक करोड ३५ लाख १३ हजार २३६ दशमलव ५६ कित्ता बोनस पश्चात बैंकको चुक्ता पूँजी १४ अर्ब २२ करोड १० लाख ७२ हजार ७५५ रुपैयाँको उचाईमा पुग्नेछ।

त्यस्तै, नेप्सेले प्राइम कमर्सियल बैंक (PCBL) को शेयरमूल्य समायोजन गरी प्रतिकित्ता २४० रुपैयाँ ५२ पैसा कायम गरेको छ।

बैंकले कैलाश विकास बैंकलाई प्राप्त गर्ने र लाभांश पारित गर्ने विशेष प्रस्ताव सहित पुस २५ गते साधारण सभा बोलाएको छ। सो सभा राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्गमा बिहान १० बजेदेखि शुरु हुनेछ।

सभामा कैलाश विकास बैंकलाई प्राप्त गर्न डिडिएका आधारमा निर्धारण गरिएको कैलाशको १०० कित्ता बराबर प्राइमको ९४ कित्ता शेयर स्वाप रेशियो पारित गर्ने, सञ्चालक समितिले प्रस्ताव गरेको १६ प्रतिशत बोनस शेयर वितरण गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने लगायतका प्रस्तावहरु रहेको छ।

हाल ९ अर्ब ६८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरण पश्चात् ११ अर्ब २३ करोड रुपैयाँ पुग्नेछ।

नेप्सेले सपोर्ट माइक्रोफाइनान्स (SMB) को शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ५४७ रुपैयाँ २७ पैसा कायम गरेको छ।

लघुवित्तले बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्न पुस २९ गते साधारण सभा आयोजना गर्नेछ।

लघुवित्तको साधारण सभा होटल पाथिभरा इन्टरनेशनल प्रालि, इटहरीमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेको कूल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। लघुवित्तको कात्तिक २१ गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

हाल लघुवित्तको चुक्ता पूँजी ६ करोड रहेको छ । १० प्रतिशत बोनस शेयर वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी ६ करोड ६० लाख पुग्नेछ ।

त्यसैगरी, नेप्सेले साना किसान लघुवित्त वित्तीय संस्था (SKBBL) को शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ७८४ रुपैयाँ २८ पैसा कायम गरेको छ।

लघुवित्तले ले पुस २६ गते अठारौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। सो सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा बिहान ११ बजे शुरु हुनेछ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरेको २७.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि १.४३ प्रतिशत नगद लाभांश गरी कूल २८.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ। यसका साथै लेखापरीक्षक नियुक्ति, अधिकृत, जारी र चुक्ता पूँजी वृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ।

हाल ७८ करोड ६० लाख ३४ हजार ९१० रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको प्रस्तावित बोनस शेयर वितरणपश्चात एक अर्ब एक करोड २९ लाख ५४ हजार ४४३ रुपैयाँ पूँजी कायम हुनेछ।

नेप्सेले महुली लघुवित्त वित्तीय संस्था (MSLB) को शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ७५० रुपैयाँ ८३ पैसा कायम गरेको छ।

लघुवित्तले लाभांश वितरण गर्ने प्रस्ताव गरेर कम्पनीको सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ। लघुवित्तले पुस २६ गते संस्थाको केन्द्रिय कार्यालय सप्तरीमा सभा बोलाएको हो।

साधारण सभामा लघुवित्तले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र ११.५७९ प्रतिशत नगद गरी कुल ३१.५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ।

हाल लघुवित्तको चुक्ता पूँजी १० करोड २० लाख रहेको छ। बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी १२ करोड २४ लाख रुपैयाँ पुग्नेछ।

त्यस्तै, नेप्सेले जानकी फाइनान्स (JFL) को शेयरमूल्य समायोजन गरी प्रतिकित्ता १६३ रुपैयाँ ११ पैसा कायम गरेको छ।

फाइनान्सले लाभांश प्रस्ताव पारित गर्न पुस २४ गते २३ औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। सो सभा होटल मानकी इन्टरनेशनल, शिवचौक, जनकपुरधाममा बिहान १० बजे शुरु हुनेछ।

सभाले गत आर्थिक वर्षको मुनाफबाट हाल कायम चुक्ता पूँजीका २३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। फाइनान्सको सञ्चालक समितिको भदौ २० गते सम्पन्न २८५ औं बैठकले २२ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.१३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो।

हाल ४९ करोड २१ लाख चुक्ता पूँजी रहेको जानकी फाइनान्सको गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित बोनस पश्चात ६० करोड ४ लाख ११ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ।

नेप्सेले युनाइटेड फाइनान्स (UFL) को शेयरमूल्य समायोजन गरी प्रतिकित्ता १७१ रुपैयाँ ८४ पैसा कायम गरेको छ।

फाइनान्सले लाभांश पारित गर्न पुस २९ गते २५ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा कार्की बैंकेट, बबरमहलमा बिहान ११ बजे शुरु हुनेछ।

एक अर्ब एक करोड ५ लाख १९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको प्रस्तावित तीन प्रतिशत बोनस पश्चात एक अर्ब ४ करोड ८ लाख ३४ हजार ६४६ रुपैयाँ पूँजी कायम हुनेछ ।

सोमबार समायोजित मूल्यलाई आधार मानेर यी ७ कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।