मोबाइल बैंकिङ्गबाट प्रतिदिन ५० हजारसम्म कारोबार गर्न सकिने

Jan 03, 2020 09:14 AM Merolagani

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ्गबाट प्रतिदिन ५० हजार रुपैयाँसम्म कारोबार गर्न सकिने भएको छ। राष्ट्र बैंकले क्युआर कोड समेत गरी दैनिक ५० हजार रुपैयाँको सीमा निर्धारण गरेको हो।

बिहीबार एकीकृत निर्देशिका जारी गर्दै राष्ट्र बैंकले मोबाइल बैंकिङ्गबाट प्रतिमहिना २ लाख रुपैयाँसम्म भुक्तानी गर्न सक्ने व्यवस्था गरेको छ। त्यसैगरी, इन्टरनेट बैंकिङ्ग (मर्चेण्ट पेमेन्ट) मा दैनिक १० लाख तथा प्रतिमहिना ३० लाख रुपैयाँसम्म कारोबार गर्न सकिने व्यवस्था गरिएको छ। इन्टरनेट बैंकिङ्ग (एकाउन्ट ट्रान्सफर) मा दैनिक १० लाख गरी प्रतिमहिना ५० लाख रुपैयाँसम्मा भुक्तानी गर्न सकिने व्यवस्था गरेको राष्ट्र बैंकले बताएको छ।

तर, कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एक खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकम रकमान्तर गर्न सो व्यवस्थाले बाधा नपुगेको केन्द्रिय बैंकले बताएको छ। मोबाइल बैंकिङ्गको माध्यमबाट नेपाल सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिष्ट्रेशन तथा सेवा शुल्क जस्ता विभिन्न शुल्कहरु सम्बन्धित निकायहरुले नीतिगत निर्णय गरी विद्युतीय माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था गरेको अवस्थामा बील बमोजिमको रकम भुक्तानी गर्न सकिनेछ।

त्यस्तै, राष्ट्र बैंकले एजेन्ट वा सब–एजेन्टबाट वालेटमा प्रतिदिन २५ हजार गरी प्रतिमहिना १ लाखसम्म, बैंक खाताबाट वालेटमा प्रतिकारोबार २५ हजार, प्रतिदिन १ लाख र प्रतिमहिना ५ लाखसम्म फण्ड ट्रान्सफर गर्न सकिने व्यवस्था गरेको छ। वालेटबाट प्रतिदिन २५ हजार तथा प्रतिमहिना ५० हजार रुपैयाँसम्म र एक वालेटबाट अर्को वालेटमा प्रतिदिन २५ हजार तथा प्रति महिना ५० हजार रुपैयाँसम्म फण्ड ट्रान्सफर तथा भुक्तानी गर्न सक्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।