उच्च अदालतकाे फैसलाकाे पूर्ण पाठ नआएसम्म पुर्नबीमा कम्पनीकाे आईपीओ नआउने

Jan 06, 2020 05:45 PM Merolagani



अरूण पाख्रेन

पुर्नबीमा कम्पनीले दिएको निबेदनमा उच्च अदालत पाटनले आइतबार राय किताबमा संक्षिप्त फैसला गरेको छ ।  कम्पनीले पूँजी घटाउन दिएको निबेदनमा अदालतले संक्षिप्त फैसला गरेको हो ।

उच्च अदालत पाटनका उप रजिष्ट्रार तथा प्रवक्ता शम्भु प्रसाद रेग्मीले आइतबार राय किताबमा संक्षिप्त फैसला भएको मेरो लगानीलाई जानकारी गराए । ‘ हिजाे राय किताबमा संक्षिप्त फैसला भएको छ ' रेग्मीले भने । तर पूर्ण फैसला आउन भने अझै केही समय लाग्ने बताइएको छ । 'फुल फेजको फैसला आउन अझै एक महिना लग्न सक्छ ’उनले भने।

कम्पनी ऐन २०६३ काे दफा ५८ काे उपदफा १ ले कम्पनीकाे पूँजी घटाउने बिशेष प्रस्ताव पारित गरेमा साेकाे स्वीकृतिकाे लागि अदालत समक्ष  निवेदन दिनु पर्ने व्यवस्था गरेकाे छ । साेही व्यवस्था बमाेजिम कम्पनीले अदालतमा निवेदन दिएकाे हाे ।

कम्पनीको पहिलो साधारण सभाबाट अधिकृत तथा जारी पूँजी ३ अर्ब बाट बढाएर १५ अर्ब पुर्याएको थियो । तर  २०७५ पुस १३ मा स्म्पन्न विशेष साधारण सभाले अधिकृत पूँजी १५ अर्ब तथा चुक्ता तथा जारी पूँजी १० अर्ब कायम गर्ने गरी प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने प्रस्ताव अनुमोदन गर्यो ।

कम्पनी घटाएको जारी पूँजी १० अर्ब कायम गर्न अदालती प्रकृयामा गएको थियो ।उक्त प्रक‌ृयाका लागि कम्पनीका तर्फबाट तत्कालीन निमित्त प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारीले  उच्च अदालत पाटनमा निबेदन दिएका थिए । उनले गत कार्तिक २८ मा निबेदन दिएका हुन् । 

जारी पूँजी घटाउन अदालतको पूर्ण आदेश पाएपछि मात्रै कम्पनीले सार्वसाधारणको लागि प्रथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।  ‘आईपीओ निष्काशनको सम्पूर्ण तयारी सकेका छौं ' कम्पनीका पुर्नबीमा विज्ञ विष्णु प्रसाद उपाध्यायले भने । पूर्ण पाठ आएसँगै शेयर निष्कासन गर्ने कम्पनीको तयारी छ । 'अहिले सम्म हामीले अदालतको आदेशको पूर्ण पाठ पाइसेकका छैनौं । त्यो पाउने वित्तिकै आईपीओ निष्काशनको प्रकृया थप अघि बढ्छ ’उनले भने ।

कम्पनीले शेयर निष्काशनको लागि अन्य तयारी भने सकिएकाे जनाएको छ । उसले १ अर्ब ६० करोड रुपैयाँको बराबरको १ करोड ६० लाख कित्ता आईपीओ निष्काशन गर्ने छ । जसका लगि  उसले गत भदौ २२ मै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा अनुमति माग गर्दै निबदन दिइसकेकाे छ । उसले क्रेडिट रेटिङ समेत गराइसकेको जनाएको छ । जसमा इक्रा नेपालले ‘इक्रा एनपि आईपीओ ग्रेड २’ रेटिङ्ग प्रदान गरेको छ । इक्रा नेपालले प्रदान गरेकाे उक्त रेटिङ्गले कम्पनीको वित्तीय अवस्था औसत  भन्दा माथि रहेको जनाउँछ।

शेयर निष्काशनका लागि कम्पनीले आरबिबि मर्चेण्ट बैंकिङ्गलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । कम्पनीको आईपीओ बिक्री नभएमा नागरिक लगानी कोष र मेगा क्यापिटलले प्रत्याभूति गर्ने सम्झौता  भएको छ ।

कम्पनीको हाल चुक्ता पूँजी ८ अर्ब ४० करोड रुपैयाँ छ । उसले एक अर्ब ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने छ । प्रथमिक शेयर निष्कासन पछि कम्पनीको चुक्ता पूँजी १० अर्ब पुग्नेछ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।