एनआईबिएल एस क्यापिटलले तोक्यो एनआईबिएल सहभागिता फण्डको वितरण केन्द्र

Jan 07, 2020 11:40 AM Merolagani



एनआईबिएल एस क्यापिटलले नेपाली धितोपत्र बजारको पहिलो खुलामुखी म्युचुअल फण्ड, एनआईबिएल सहभागिता फण्डका इकाईहरुको खरिद बिक्रीलाई सहजिकरण गर्नका लागि वितरण केन्द्र तोकेको छ।

क्यापिटलले यस योजनाको इकाई खरिदबिक्री सहजिकरणका लागि गुडविल फाईनान्स र मुक्तिनाथ विकास बैंकलाई वितरण केन्द्र तोकेका हो।

सम्झौतापत्रमा एनआईबिएल एस क्यापिटलका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा, गुडविल फाईनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुलाधर र मुक्तिनाथ बिकास बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल प्रसाद गुरुङ्गले हस्ताक्षर गरेका हुन्।

गुडविल फाइनान्स तथा मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट २०७६ माघ १ गते देखि “एनआईबिएल सहभागिता फण्ड” का ईकाइहरु लगानीकर्ताहरुले खरिदबिक्री गर्न सक्नेछन्।
यस अघि सो योजनाका इकाईहरुको कारोबार नेपाल ईन्भेष्टमेण्ट बैंकका तोकिएका शाखा कार्यालयहरु तथा एनआईबिएल एस क्यापिटलका सम्पूर्ण शाखा कार्यालयहरुबाट गत असोज २७ गते देखिनै करोबार हुँदै आइरहेको छ।

एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत सञ्चालित यस योजनाको कोष प्रवद्र्धक नेपाल इन्भेष्टमेण्ट बैंक रहेको छ भने योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल रहेको छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।