प्रिमियर इन्स्योरेन्सको प्रमुख कार्यकारीमा तिमिला नियुक्त

Jan 07, 2020 06:14 PM Merolagani



प्रिमियर इन्स्योरेन्स (PIC) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा विश्वराम तिमिला नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले पुस २१ गते मंगलबारदेखि लागू हुने गरी तिमिलालाई  नियुक्त गरेको हो ।

कम्पनीले तिमिलालाई सीईओ नियुक्त गरेर बीमा समितिमा पठाएकोमा समितिले पुस १७ गते बिहीबार स्वीकृति दिएकाे थियाे । 

बीमा क्षेत्रमा करिब ४ दशक बिताएका तिमिला यस अघि नेको इन्स्योरेन्सको सीईओ थिए । नेको इन्स्योरेन्सका सीईओबाट अवकाश पाएका उनी ६ महिनाको कुलिङ्ग पिरियड सकिएपछि प्रिमियरमा प्रवेश गरेका हुन् ।

सन् १९८१ मा उनी ओरियन्टल इन्योरेन्स कम्पनीबाट बीमा क्षेत्रमा प्रवेश गरेका हुन् । सन् १९९६ मा सिनियर म्यानेजरको रुपमा नेको इन्स्योरेन्स प्रवेश गरेका थिए ।

यस अघिका प्रमुख कार्यकारी अधिकृत सुधुम्न प्रसाद उपाध्यायको कार्तिक मसान्तदेखि कार्यकाल समाप्त भए पछि कम्पनीमा उक्त पद रिक्त थियो ।

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।