एलआईसी नेपालको नयाँ योजना सार्वजनिक, ७५ लाखसम्मको दुर्घटना लाभ समेत उपलब्ध हुने

Jan 08, 2020 10:47 AM Merolagani



एनआईसी नेपाल (LICN) ले “जीवन बीमासहितको खुसीको बचत, जीवन बचत” भन्ने सन्देशकासाथ ‘जीवन बचत’ नामक एकल बीमाशुल्कमा नयाँ जीवन बीमा योजना सार्वजनिक गरेको छ। उक्त योजना बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईंले सार्वजनिक अनावरण गरेका हुन्।

यस योजना अन्र्तगत १६ देखी ६५ बर्षसम्म उमेरका व्यक्तिहरु सहभागी हुन पाउनेछन्। न्यूनतम बीमाङ्क रकम एक लाख रुपैयाँ कायम गरिएको छ भने अधिकतम बीमाङ्कको सीमा बीमा अन्डरराइटिङ्ग नियमानुसार जति पनि व्यवस्था रहेको छ। 

बीमा अवधि न्युनतम ५ बर्ष र अधिकतम २५ बर्ष रहेको छ। बीमा परिपक्वतामा आर्जित बोनससहित बीमाङ्क रकम एकमुष्ठ प्रदान गरिने कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत टी. बर्णवालले जानकारी गराए।

साथै, यस योजनामा बीमा परिपक्वता पछि बीमितले इच्छा अनुसार ५ देखि १० वर्ष भित्र सो रकम तोकिएको ब्याजसहित किस्ताबन्दीमा समेत लिनसक्ने विशेषता पनि समावेश गरिएको उनको भनाई छ।

न्युन बीमाशुल्क भएको यस ‘जीवन बचत’ योजनामा अधिकतम ७५ लाखसम्मको दुर्घटना लाभ समेत उपलब्ध छ। बीमाशुल्क भुक्तानीको १ वर्ष पश्चात् बीमितले कम्पनीबाट कर्जा तथा बीमा समर्पण सुविधासमेत लिन  सकिनेे कम्पनीले जनाएकाे छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत एल.पी. दासले यस बीमा योजनामार्फत विविध क्षेत्रका पेशाकर्मी तथा व्यवसायीहरु जसले एकल बीमाशुल्क (मुद्दती निक्षेप जस्तै) भुक्तानी गरी जीवन बीमा समेत प्राप्त गर्न चहानेहरुका लागि सहज हुने बताए।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।