सनराइज बैंकको थप दुई शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

Jan 08, 2020 12:49 PM Merolagani



सनराइज बैंकले थप दुई शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ। बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न दुर्गम स्थानहरुमा बैंकिङ्ग सेवा पुर्‍याउँदै जाने उद्देश्यले लम्जुङको ठुलीेबेसीमा ४४ औं र तनहुँको टुहुरेपसलमा ४ ५औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो।

बैंकको ४४ औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालनको अवसरमा आयोजित कार्यक्रममा मस्र्याङ्दी गाँउपालिकाका वडा अध्यक्ष लिला प्रसाद घलेले शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि कर्ण सिंह तामाङ्गलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे।

त्यसैगरी, पौष २२ गते मंगलबार ४५ औं शाखारहित बैंकिङ्ग सेवा भानु नगरपालिकाका प्रमुख तारा नरेश पौडेलले उद्घाटन गरेका थिए। कार्यक्रममा पौडेल र गण्डकी प्रदेशका कार्यालय प्रमुख रबिन्द्र के. सीले शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि बिष्णु शिलवाललाई पोइन्ट अफ सेल मेसिन संयुक्त रुपमा हस्तान्तर गरेका थिए।

दुबै शाखारहित बैंकिङ्ग सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।