सनराइज बैंकको थप दुई शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

Jan 08, 2020 12:49 PM Merolagani



सनराइज बैंकले थप दुई शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ। बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न दुर्गम स्थानहरुमा बैंकिङ्ग सेवा पुर्‍याउँदै जाने उद्देश्यले लम्जुङको ठुलीेबेसीमा ४४ औं र तनहुँको टुहुरेपसलमा ४ ५औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो।

बैंकको ४४ औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालनको अवसरमा आयोजित कार्यक्रममा मस्र्याङ्दी गाँउपालिकाका वडा अध्यक्ष लिला प्रसाद घलेले शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि कर्ण सिंह तामाङ्गलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे।

त्यसैगरी, पौष २२ गते मंगलबार ४५ औं शाखारहित बैंकिङ्ग सेवा भानु नगरपालिकाका प्रमुख तारा नरेश पौडेलले उद्घाटन गरेका थिए। कार्यक्रममा पौडेल र गण्डकी प्रदेशका कार्यालय प्रमुख रबिन्द्र के. सीले शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि बिष्णु शिलवाललाई पोइन्ट अफ सेल मेसिन संयुक्त रुपमा हस्तान्तर गरेका थिए।

दुबै शाखारहित बैंकिङ्ग सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ।




लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत भट्ट ललितपुरको सानेपाबाट पक्राउ

Oct 18, 2026 05:25 AM

लगानी बोर्ड नेपालका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्। ललितपुरको सानेपा क्षेत्रबाट काठमाडौँ परिसर भद्रकालीको प्रहरी टोलीले भट्टलाई नियन्त्रणमा लिएको हो।