नेपाल इन्स्योरेन्सको लाभांश प्रस्ताव

Jan 09, 2020 11:08 AM Merolagani



नेपाल इन्स्योरेन्स (NICL) ले लाभांश प्रस्ताव गरेको छ। कम्पनीको पुस २३ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले हाल काय चुक्ता पूँजीको ७.८९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

इन्स्योरेन्सको हाल कायम चुक्ता पूँजी एक अर्ब ९ करोड रुपैयाँको ५ प्रतिशतका दरले हुन आउने ५ करोड ४७ लाख रुपैयाँ बराबरको बोनस र कर सहित २.८९ प्रतिशतले हुन आउने ३ करोड १७ लाख रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो।

उक्त लाभांश बीमा समितिबाट स्वीकृत भएर आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन्। प्रस्तावित बोनस वितरण गरेपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब १५ करोड रुपैयाँ पुग्नेछ। 

गत आर्थिक वर्ष २०७४/७५ मुनाफाबाट कम्पनीले ७.५ प्रतिशत बोनस वितरण गरेको थियो। 




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।