यी हुन् सस्तो शेयरमूल्य भएका कम्पनी, राम्राे कम्पनी कसरी छान्ने ?

Jan 09, 2020 11:33 AM merolagani



रविन पाैडेल ।

शेयर बजारमा सूचीकृत कम्पनीहरुमध्ये कतिपय राम्रा कम्पनीहरुको शेयरमूल्य २०० रुपैयाँ भन्दा पनि कम रहेको छ। नेप्सेमा सूचीकृत भएका ६५ वटा कम्पनीको शेयरमूल्य २०० रुपैयाँभन्दा तल रहेको छ। 

तीमध्ये प्रतिशेयर आम्दानी अनुपात राम्रो रहेका र मूल्य आम्दानी अनुपात कम रहेका कतिपय राम्रा कम्पनीहरुको शेयर समेत सस्तो मूल्यमा पाइरहेको छ। पछिल्ला दिनहरुमा शेयर बजारले सुधारको गति लिँदा समेत उक्त कम्पनीहरुको शेयरमूल्य २०० रुपैयाँभन्दा कम रहेको छ।

लगानीकर्ताले धेरै महँगो शेयरमूल्य रहेको कम्पनीमा लगानी गर्नु भन्दा सस्तो शेयरमूल्य रहेको राम्रा कम्पनीहरुमा लगानी गर्नु उचित हुन्छ। तर यसो भन्दैमा संस्थागत सुशासन बिग्रिएको र अवनतितिर गएको कम्पनीको शेयरमा भने लगानी गर्नु जोखिमपूर्ण छ ।

पुस २३ गतेको बजारमूल्य अनुसार ६ वटा वाणिज्य बैंकको शेयरमूल्य नै २०० रुपैयाँभन्दा कम रहेको छ। शेयर बजारमा सूचीकृत कम्पनीहरुमध्ये राम्रा मानिने बाणिज्य बैंकहरुको शेयरमूल्य नै २०० रुपैयाँभन्दा कम रहेको छ।

त्यसैगरी १२ वटा बिकास बैंकको शेयरमूल्य पनि २०० रुपैयाँभन्दा कम रहेको छ।

१७ वटा फाइनान्स २८ वटा हाइड्रोपावर तथा सोल्टी होटल र जलविद्युत लगानी तथा विकास कम्पनीको शेयरमूल्य पनि २०० रुपैयाँभन्दा कम रहेको छ।

कतिपय राम्रो लाभांश वितरण गरिरहेका र मूल्य आम्दानी अनुपात १५ गुणभन्दा कम रहेका कम्पनीहरुको शेयरमूल्य समेत अंकित मूल्यकै हाराहारीमा रहेको छ।

सामान्य तया मूल्य आम्दानी अनुपात १५ गुणभन्दा कम रहेका कम्पनीहरुमा गरिएको लगानी सुरक्षित मानिन्छ। संस्थागत सुशासन राम्रो भएका, समयमा नै साधारणसभा गर्ने तथा बिगतका वर्षहरुमा राम्रो लाभांश बाँडेका र आगामी वर्ष समेत बाँड्न सक्ने अवस्था भएका कम्पनीहरुमा लगानी गर्नु उचित हुन्छ। लगानीकर्ताले कुनै पनि कम्पनीको शेयरमा लगानी गर्दा उसकोे निस्क्रिय कर्जा, शेयरधनी कोषमा रहेको रकम, पूँजी बढाउँन बोनस शेयर वितरण गर्नुपर्ने बाध्यता जस्ता कुराहरुलाई समेत ध्यान दिनुपर्छ।

शेयर बजारमा सूचीकृत रहेका धेरै हाइड्रोपावर कम्पनीहरुको शेयरमूल्य १ सय रुपैयाँभन्दा पनि कम छ। सस्तो भन्दैमा वर्षैासम्म लाभांश वितरण गर्न नसक्ने यस्ता कम्पनीमा लगानी गर्नु पनि मुर्खता मात्र हो।

प्रतिशेयर आम्दानी राम्रो छ तर मूल्य आम्दानी अनुपात १५ गुणा भन्दा माथि छ भनेपनि त्यस्ता कम्पनीहरुको शेयरमा लगानी गर्दा कतिपय अबस्थामा फाईदा नै हुनसक्छ तर जोखिमको मात्रा अरु धेरै हुन्छ ।

  • १६ वटा हाइड्रो र ३ फाइनान्सको शेयरमूल्य १०० रुपैयाँभन्दा कम

शेयर बजारमा सूचीकृत कम्पनीहरुमध्ये १६ वटा हाइड्रोपावर कम्पनी र ३ वटा फाइनान्सको शेयरमूल्य एक सय रुपैयाँभन्दा पनि कम रहेको छ।

नेप्सेमा सूचीकृत ३२ वटा हाइड्रोपावर कम्पनीमध्ये आधाभन्दा धेरै कम्पनीको शेयरमूल्य घटेर अंकित मूल्यभन्दा पनि तल झरेको छ। कतिपय हाइड्रोपावर कम्पनीको समयमा नै आयोजना सम्पन्न गर्न नसक्दा लागत बढेर वर्षाैसम्म पनि लाभांश वितरण गर्न नसक्ने अवस्थामा पुगेका छन्।

त्यसैगरी सूचीकृत २७ वटा फाइनामन्स कम्पनीमध्ये ३ वटाको शेयरमूल्य १०० रुपैयाँभन्दा पनि कम रहेको छ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।