विश्व शेयर बजारमा सुधार, तेल र सुनको मूल्य घट्यो

Jan 10, 2020 01:54 PM Merolagani

अमेरिका–ईरानबीचको तनावको अवस्था केही शान्त भएसँगै विश्व बजारका लगानीकर्ताहरुमा उत्साह थपिएको छ। योसँगै शुक्रबार विश्व शेयर बजारले सुधारको गति लिएको छ। 

विशेषगरी विश्वका ठूला प्रविधि कम्पनीहरुको शेयरले शुक्रबारको बजारमा वृद्धि हासिल गर्नका लागि सहयोग गरेको देखिन्छ।

यसैगरी अमेरिका–चीनबीचको व्यापार सम्झौतामा जनवरी १५ मा हस्ताक्षर हुने खबरले पनि विश्व शेयर बजारलाई गति दिएको बताइएको छ।

  • विश्व शेयर बजार सुधारतर्फ

४९ देशहरुको स्टक समाहित एमएससीआई हालसम्मकै सबैभन्दा धेरैले बढेको छ। यसैगरी एशिया–प्यासिफिक शेयर ०.१८ प्रतिशतले बढेको छ।

यसैगरी, एसएण्डपी इन्डेक्स ०.६७ प्रतिशतले बढेको छ। उक्त इन्डेक्सको प्राविधिक उपसूचकको शेयरमूल्य मात्र यसदिन १ प्रतिशतभन्दा धेरैले बढेको छ। २०१९ को डिसेम्बरमा आइफोनको वार्षिक बिक्री १८ प्रतिशतले बढेको भन्ने खबर सार्वजनिक भएसँगै एप्पल कम्पनीको शेयरमूल्य २.१ प्रतिशतले बढेको छ।

अमेरिका–ईरानका बीचको तनावमा कमी आएसँगै एशियाली शेयर बजार पनि मजबुत देखिएको छ।
जापानको निक्केई सूचक ०.३४ प्रतिशतले बढेको छ भने अष्ट्रेलियाको शेयर बजार ०.७ प्रतिशतले बढेर उच्च रेकर्ड कायम गरेको छ। चिनीयाँ शेयर एसएसईसी सूचकमा पनि केही सुधार देखिएको छ।

सुरुवाती कारोबारमा भारतीय बजार सूचक सेन्सेक्स १०९ अंक अर्थात् ०.२६ प्रतिशतले बढेर ४१ हजार ५६१ को स्तरमा पुगेको छ भने निफ्टी सूचक २७ अंक अर्थात् ०.२२ प्रतिशतले बढेर १२ हजार २४३ को बिन्दुमा पुगेको छ।

  • तेलको र सुनको मूल्य घट्यो

यसैगरी यसदिन विश्व बजारमा कच्चा तेल र सुनको मूल्य घटेको छ। अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य २२ सेन्ट अर्थात् ०.३४ प्रतिशतले घटेर ६५.१५ डलर प्रतिब्यारेलमा झरेको छ।

बुधबार ईरानले अमेरिकामा मिसाइल आक्रमण गरेसँगै सात वर्षयताकै उच्च विन्दुमा पुगेर एक हजार ६१०.९० डलर प्रतिअउन्समा कारोबार भएको सुनको मूल्य शुक्रबार भने घटेको छ। यसदिन सुनको मूल्य ०.३ प्रतिशतले घटेर एक हजार ५४७.८ डलर प्रतिअउन्समा कारोबार भएको छ।

इरानी सैन्य कमान्डर कासिम सुलेमानीको हत्यापछि अमेरिका र ईरानबीचको विवादले उग्र रुप लिदैँ गएको थियो। योसँगै दुई देशका बीचको बढ्दो तनावको अवस्थाले विश्व बजारमा कच्चा तेल र सुनको मूल्यमा उछाल आएको थियो। यसैगरी यसको असरले गर्दा विश्व शेयर बजार भने ओरालो लागेको थियो।

तर शुक्रबार दुई देशका बीचको विवादको अवस्था केही शान्त भएसँगै विश्व शेयर बजारले सुधारको गति लिएको छ भने सुन र तेलको मूल्य पनि केही घटेको छ । एजेन्सीको सहयोगमा 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।