एनएमबि लघुवित्तले १ लाख कित्ता शेयर लिलामीमार्फत बिक्री गर्ने

Jan 12, 2020 09:23 AM Merolagani



एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड (NMBMF) ले १ लाख ८ हजार ७३३.१३ कित्ता सर्वसाधारण समूहको शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ।

लघुवित्तले माघ ५ गतेदेखि सो शेयर शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्न लागेको हो। सो शेयर खरिदका लागि माघ १२ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ।

लघुवित्तले गत कात्तिक २४ गतेदेखि मंसिर २९ गतेसम्म १ बराबर १ं५ अनुपातमा बिक्री गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सेभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्नुपर्नेछ। बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याका लागि कुनै हद लाग्नेछैन।

लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सनराइज क्यापिटल, एनएमबि लघुवित्त वित्तीय संस्था र सनराइज बैंकका विराटनगर, वीरगंज, पोखरा, बुटवल, नेपालगंज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट बोलपत्र पेश गर्न सक्नेछन्।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।