फेसबुकको शेयर हालसम्मकै उच्च विन्दुमा

Jan 12, 2020 03:49 PM Agency



लामो समयदेखि डाटा लीकको आरोपको सामना गरिरहेको विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकको शेयर मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। 

शुक्रबार मध्यदिनको कारोबारमा कम्पनीको शेयरमूल्य ०.७२ प्रतिशतले बढेर २१९.८८ डलर पुगेको थियो। यो अहिलेसम्मकै उच्च हो। यद्यपि, बजार बन्द हुँदा भने शेयरको मूल्य अघिल्लो दिनको तुलनामा ०.११ प्रतिशतले घटेको थियो।

बिहीवार पनि बजार बन्द हुँदा कम्पनीको शेयर मूल्य सन् २०१८ को जुलाई २५ पछिको सबैभन्दा उच्च बिन्दुमा पुगेको थियो।

तर, त्यसको एक दिन पछि अर्थात् सन् २०१८ को जुलाई २६ मा भने कम्पनीले अनपेक्षित रुपमा मुनाफा मार्जिन खुम्चिरहेको चेतावनी दिएपछि फेसबुकको शेयरमूल्य १९ प्रतिशतले घटेको थियो।

कम्पनीले प्रयोगकर्ताको डाटा गोपनियताको सुरक्षा गर्न नसकेको र फेक न्यूज प्रवाहमा वृद्धि भइरहेको भन्दै विभिन्न प्रकारका आलोचना खेप्नुका साथै कम्पनीमाथि विभिन्न प्रकारका जरिवानाहरु पनि लगाइएको थियो। यससँगै कम्पनीको भविष्यबारे लगानीकर्ताहरुमा अन्यौलता छाउँदा कम्पनीको शेयर मूल्य पनि प्रत्यक्ष रुपमा प्रभावित भएको थियो। डिसेम्बर २०१८ मा कम्पनीको शेयरमूल्य झण्डै आधा मूल्यमा झरेको थियो। तर पछिल्लो पटक कम्पनीको शेयरमा सुधार भएको देखिन्छ।

शुक्रबारको कारोबारमा फेसबुकसहित अमेजन, अल्फाबेट र नेटफ्लिक्सको शेयरमूल्यमा पनि सुधार भएको थियो। यस वर्ष फेसबुकको आम्दानी २६ प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ।

फेसबुकमाथि साढे ८ करोड प्रयोगकर्ताको डाटा लीक गरेको आरोप लागेको थियो। फेसबुकमाथि सन् २०१८ मा बेलायती परामर्शदाता कम्पनी क्याम्ब्रिज एनालिटिकालाई करोडौं प्रयोगकर्ताको जानकारी बेचेको आरोप छ। एजेन्सी 




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।