बजारमा चर्को मोलमोलाई, नेप्सेमा तिव्र उतारचढाव

Jan 13, 2020 03:48 PM Merolagani



साताको दोस्रो कारोबार दिन नेप्से परिसूचकमा तिव्र उतारचढाव देखिएको छ। बजारमा उच्च मोलमोलाईका कारण नेप्सेमा उतारचढाव देखिएको हो।

सोमबार नेप्से १५.१४ अंक बढेर बन्द हुँदा १ अर्ब ७० करोड ५० लाख ६० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। नेप्से परिसूचक साउन ८ यताकै उच्च विन्दुमा पुगेको हो भने कारोबार रकम २०७५ फागुन २ पछिको उच्च हो। गत साउन ८ गते नेप्से एक हजार २८४.०७ विन्दुमा रहेको थियो भने फागुन २ गते २ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

यस दिन बजारमा पर्याप्त लगानीकर्ताहरु देखिएका छन्। बजारमा खरिदकर्ता र बिक्रीकर्ता बिच चर्को मोलमोलाई भएको छ। सोहि कारण यस दिन नेप्सेमा तिव्र उतारचढाव भएको हो। खरिदकर्ताहरु सकेसम्म कम मूल्यमा शेयर खरिद गर्न खोजिरहेका थिए भने बजार बढेका कारण बिक्रीकर्ताहरु सस्तोमा शेयर बिक्री गर्न चाहिरहेका थिएनन्। केही अल्पकालिन लगानीकर्ताहरु भने यस दिन नाफा सुरक्षित गर्नतर्फ लागेका देखिन्थे।

नेप्सेमा उतारचढाव भएसँगै घोडीघोडा लघुवित्त र सानिमा माई हाइड्रोको शेयरमूल्य उच्च दरमा बढेको छ। घोडीघोडाको शेयरमूल्य यस दिन ९.८७ प्रतिशत र सानिमा माईको ९.७८ प्रतिशत बढेको छ। त्यसैगरी, चिलिमे हाइड्रोपावर र राधी विद्युत कम्पनीको शेयरमूल्य ८.६७ प्रतिशत बढेको छ।

यस दिन कारोबारमा आएका १२ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने बाँकी २ उपसमूहको परिसूचक घटेको छ। जलविद्युत उपसमूहको परिसूचक यस दिन ४.९४ प्रतिशत र व्यापार उपसमूहको ३.६६ प्रतिशत बढेको छ। यस दिन लघुवित्त र उत्पादन उपसमूहको परिसूचक भने घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल दूरसञ्चार कम्पनी अगाडि रहेको छ। सो कम्पनीको यस दिन ६ करोड ४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एशियाको यस दिन साढे ५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, प्रभु बैंक, एनएमबि बैंक र प्राइम कमर्सियल बैंकको कारोबार रकम ४ करोड नाघेको छ।

यस दिन सिभिल लघुवित्त, गणपति माइक्रोफाइनान्स, विजय लघुवित्त, नयाँ नेपाल लघुवित्त र सामुदायिक लघुवित्तको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।