नबिल बैंकले बचतकर्तालाई बीमा दाबी वापत २ करोड भुक्तानी गर्यो

Jan 13, 2020 06:29 PM Merolagani



नबिल बैंकले बचतकर्ताहरुलाई २ करोड १ लाख ७५ हजार रुपैयाँ बीमा दाबी बराबरको रकम भुक्तानी गरेको छ । बैंकले एक वर्षको अवधिमा मेटलाईफ बीमा कम्पनीको सहकार्यमा संचालित ३ लाख रुपैयाँ बराबरको घातक रोग तथा ७५ हजार रुपैयाँ बराबरको मृत्यु बीमा गरिदिने योजना अन्तर्गत सो बराबरको दाबी रकम भुक्तानी गरेको हो ।

बैंकले उक्त याेजना संचालन गरेकाे मंसिरमा एक वर्ष पूरा भएकाे छ । यस अवधिमा ८६ बचतकर्तालाई साे बराबरकाे रकम भुक्तानी गरेकाे हाे । 

यस योजना अन्तर्गत बैंकले दैनिक मौज्दात २५ हजार रुपैयाँ वा वढी राख्ने १६ देखि ६४ वर्ष उमेरका व्यक्तिगत बचतखातावालालाई १३ वटा घातक रोगहरुको उपचारार्थ ३ लाख रुपैयाँको बीमा गरेको छ । उक्त १३ वटा मध्ये कुनै पनि घातक रोग लागेमा आवश्यक प्रमाण पूरा भएपछि भुक्तानी हुने बैंकले जनाएको छ । यस्तै बचतकर्ताको मृत्यु भएमा ७५ हजार रुपैयाँ बराबरको रकम समेत उपलब्ध हुनेछ ।

बैंकले घातक रोगहरुको प्रभाव बढ्दो रहेको जनाउँदै त्यसको उपचारार्थ अत्याधिक व्ययभार हुने कुरालाई ध्यानमा राख्दै यस्तो योजना ल्याएको जनाएको छ । यस्तो घातक रोगलागेको अवस्थामा उपचारको क्रममानै केहि आर्थिक सहयोग समयमै पुर्याउने उदेश्यले बचतकर्ताको सुरक्षण सहित योजना ल्याएको बैंकले जनाएको छ ।

 




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।