नबिल बैंकले बचतकर्तालाई बीमा दाबी वापत २ करोड भुक्तानी गर्यो

Jan 13, 2020 06:29 PM Merolagani



नबिल बैंकले बचतकर्ताहरुलाई २ करोड १ लाख ७५ हजार रुपैयाँ बीमा दाबी बराबरको रकम भुक्तानी गरेको छ । बैंकले एक वर्षको अवधिमा मेटलाईफ बीमा कम्पनीको सहकार्यमा संचालित ३ लाख रुपैयाँ बराबरको घातक रोग तथा ७५ हजार रुपैयाँ बराबरको मृत्यु बीमा गरिदिने योजना अन्तर्गत सो बराबरको दाबी रकम भुक्तानी गरेको हो ।

बैंकले उक्त याेजना संचालन गरेकाे मंसिरमा एक वर्ष पूरा भएकाे छ । यस अवधिमा ८६ बचतकर्तालाई साे बराबरकाे रकम भुक्तानी गरेकाे हाे । 

यस योजना अन्तर्गत बैंकले दैनिक मौज्दात २५ हजार रुपैयाँ वा वढी राख्ने १६ देखि ६४ वर्ष उमेरका व्यक्तिगत बचतखातावालालाई १३ वटा घातक रोगहरुको उपचारार्थ ३ लाख रुपैयाँको बीमा गरेको छ । उक्त १३ वटा मध्ये कुनै पनि घातक रोग लागेमा आवश्यक प्रमाण पूरा भएपछि भुक्तानी हुने बैंकले जनाएको छ । यस्तै बचतकर्ताको मृत्यु भएमा ७५ हजार रुपैयाँ बराबरको रकम समेत उपलब्ध हुनेछ ।

बैंकले घातक रोगहरुको प्रभाव बढ्दो रहेको जनाउँदै त्यसको उपचारार्थ अत्याधिक व्ययभार हुने कुरालाई ध्यानमा राख्दै यस्तो योजना ल्याएको जनाएको छ । यस्तो घातक रोगलागेको अवस्थामा उपचारको क्रममानै केहि आर्थिक सहयोग समयमै पुर्याउने उदेश्यले बचतकर्ताको सुरक्षण सहित योजना ल्याएको बैंकले जनाएको छ ।

 




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।