नप्सेको ४० प्रतिशत लाभांश पारित, प्रबन्धपत्र भएन संशोधन

Jan 14, 2020 01:39 PM Merolagani



नेपाल स्टक एक्सचेञ्जको ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। आज (पुस २९ गते) सम्पन्न नेप्सेको २७ औँ वार्षिक साधारण सभाले सो प्रस्ताव पारित गरेको हो।

नेप्सेले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशतका दरले हुन आउने रकम २० करोड नगद लाभांश वितरण गर्नेछ। उक्त रकम शेयर संरचनाको आधारमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंक र पछिल्लो समयमा नेप्सेको शेयर खरिद गरेका कर्मचारी सञ्चय कोष, लक्ष्मी बैंक तथा प्रभु बैंक र अन्यले प्राप्त गर्नेछन्।

सभाले गत आर्थिक वर्षको वित्तीय विवरण पनि पारित गरेको छ। नेप्सेले आर्थिक वर्ष २०७५÷७६ मा २८ करोड खुद नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षमा नेप्सेले २६ करोड खुद नाफा आर्जन गरेको थियो।

सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि रहेको थियो। संशोधनका लागि धितोपत्र बोर्डसँग समन्वय गर्नुपर्ने भएका कारण सो सभामा पारित गर्न नसकिएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए।

चालु आर्थिक वर्षभित्रै विशेष साधारण सभा आयोजना गरी उक्त प्रबन्धपत्र विनियमावली पारित गर्ने उनको भनाइ छ। यी प्रबन्धपत्र नियमावली संशोधन गर्ने प्रस्ताव पारित नभएका कारण पछिल्लो समय केन्द्रिय बैंकले बिक्री गरेको शेयर खरिद गरेका कम्पनीका प्रतिनिधिहरु सञ्चालक समितिमा जान पाएनन्।

नेप्सेको वार्षिक उत्सव साँझ ४ बजेदेखि गर्दैछ।




दुई कम्पनीको शेयरमूल्य समायोजन

Sep 24, 2026 06:41 AM

असोज ८ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन सांग्रिला डेभलपमेन्ट बैंक र स्नो रिभर्सको शेयरमूल्य समायोजन भएको हो।