पहिराबाट विद्युत् आयोजनामा क्षति, विद्युत उत्पादन बन्द

Jan 14, 2020 02:11 PM RSS



सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ तातोपानीमा कलाछे भन्ने स्थानमा सोमबार बेलुका झरेको सुक्खा पहिराले भैरवकुण्ड विद्युत् आयोजनामा व्यापक क्षति पुगेको छ। क्षति पुगेसँगै ३.१ मेगावाट विद्युत् उत्पादनसमेत बन्द भएको छ।

पहिराबाट कार्यालय भवन, बाँध र एक स्काभेटरसमेत पुरिएका छन्। करीब २५० मिटर लम्बाइ र १५० मिटर चौडाइको उक्त पहिराबाट भैरवकुण्डस्थित लार्चाखोलाको तीन भाग पानीमध्ये एक भाग थुनिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।