गुहेश्वरी मर्चेण्टको ६.५ प्रतिशत लाभांश पारित

Jan 14, 2020 03:41 PM Merolagani



गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स (GMFIL) को अठारौं वार्षिक साधारण सभाले कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गरेको छ । पुस २९ गते मंगलबार गुहेश्वरी भवन, ललितपुरमा सम्पन्न सभाले गत आर्थिक वर्षको मुनाफाबाट ६.५ प्रतिशत नगद लाभांश (लाभांश कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

यसैगरी सञ्चालक समितिमा नियुक्त स्वतन्त्र सञ्चालक किर्तिनाथ मास्के साधारण सभा बाट अनुमोदन भएअनुसार अध्यक्ष श्रीमान श्रेष्ठ, संचालक सरोजनी श्रेष्ठ, डा.रेश्मी श्रेष्ठ, राजेश मानन्धर र किर्तिनाथ मास्के समेत पाँच जनाको संचालक समिति रहेको छ । 

फाइनान्सको १६ वटा शाखा कार्यालय र एउटा एक्टेन्सन काउण्टर रहेकोमा थप शाखा कार्यालयहरु समेत खोल्ने तयारी रहेको फाइनान्सले जनाएको छ । 




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।