व्यापार युद्धको असरः अमेरिकासँग चीनको व्यापार ८.५ प्रतिशतले घट्यो

Jan 14, 2020 05:40 PM Agency



सन् २०१९ मा अमेरिकासँगको चीनको व्यापार ८.५ प्रतिशतले घटेको छ । विश्वका दुई ठूलो अर्थव्यवस्था भएका मुलुकका बीच लामो समयसम्म चलेको व्यापार युद्धका कारण अमेरिकासँग चीनको व्यापार घटेको हो । 

अमेरिका र चीनका बीच पहिलो चरणको व्यापार सम्झौतामा हस्ताक्षर हुने भनिएको एक दिन पहिले चीनले उक्त व्यापार आँकडा सार्वजनिक गरेको हो । उक्त सम्झौतामा हस्ताक्षर भएसँगै दुई देशका बीच झण्डै दुई वर्षदेखि जारी व्यापार युद्धले निम्त्याएको तनावको अवस्था कम हुने अपेक्षा गरिएको छ ।

अमेरिका र चीनले एक अर्काको अरबौँ डलर बराबरको सामानमा एकपछि अर्काे शुल्क वृद्धि गरेसँगै दुई देशका बीचको व्यापार युद्धले उग्र रुप लिदैँ गएको थियो ।

सन् २०१९ मा अमेरिकासँग चीनले २ खर्ब ९५ अर्ब डलर बराबरको व्यापार गरेको छ । अमेरिकासँग चीनको व्यापार गत वर्षको तुलनामा ८.५ प्रतिशतले घटेको हो । गत वर्ष ३ खर्ब २३ अर्ब डलर बराबरको व्यापार भएको थियो ।

चीनले २ वर्षको अवधिमा २ खर्ब डलर बराबरको अतिरिक्त अमेरिकी वस्तु किन्ने बताइएको छ । अमेरिका र चीनबीच भएको पहिलो चरणको व्यापार सम्झौताअन्तर्गत चीनले सो परिणाममा अमेरिकी वस्तु खरीद गर्ने अमेरिकाले बताएको हो । चीनले किन्ने बस्तुमा विशेषगरी कृषि उपज ४० देखि ५० अर्ब डलरको हुने बताइएको छ । एजेन्सी 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।