व्यापार युद्धको असरः अमेरिकासँग चीनको व्यापार ८.५ प्रतिशतले घट्यो

Jan 14, 2020 05:40 PM Agency



सन् २०१९ मा अमेरिकासँगको चीनको व्यापार ८.५ प्रतिशतले घटेको छ । विश्वका दुई ठूलो अर्थव्यवस्था भएका मुलुकका बीच लामो समयसम्म चलेको व्यापार युद्धका कारण अमेरिकासँग चीनको व्यापार घटेको हो । 

अमेरिका र चीनका बीच पहिलो चरणको व्यापार सम्झौतामा हस्ताक्षर हुने भनिएको एक दिन पहिले चीनले उक्त व्यापार आँकडा सार्वजनिक गरेको हो । उक्त सम्झौतामा हस्ताक्षर भएसँगै दुई देशका बीच झण्डै दुई वर्षदेखि जारी व्यापार युद्धले निम्त्याएको तनावको अवस्था कम हुने अपेक्षा गरिएको छ ।

अमेरिका र चीनले एक अर्काको अरबौँ डलर बराबरको सामानमा एकपछि अर्काे शुल्क वृद्धि गरेसँगै दुई देशका बीचको व्यापार युद्धले उग्र रुप लिदैँ गएको थियो ।

सन् २०१९ मा अमेरिकासँग चीनले २ खर्ब ९५ अर्ब डलर बराबरको व्यापार गरेको छ । अमेरिकासँग चीनको व्यापार गत वर्षको तुलनामा ८.५ प्रतिशतले घटेको हो । गत वर्ष ३ खर्ब २३ अर्ब डलर बराबरको व्यापार भएको थियो ।

चीनले २ वर्षको अवधिमा २ खर्ब डलर बराबरको अतिरिक्त अमेरिकी वस्तु किन्ने बताइएको छ । अमेरिका र चीनबीच भएको पहिलो चरणको व्यापार सम्झौताअन्तर्गत चीनले सो परिणाममा अमेरिकी वस्तु खरीद गर्ने अमेरिकाले बताएको हो । चीनले किन्ने बस्तुमा विशेषगरी कृषि उपज ४० देखि ५० अर्ब डलरको हुने बताइएको छ । एजेन्सी 




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।