कृषि विकास बैंकलाई साढे दुई अर्ब ऋणपत्र निष्काशन गर्न बोर्डको अनुमति

Jan 16, 2020 10:57 AM Merolagani

कृषि विकास बैंक (ADBL) लाई दुई अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ। बोर्डले बैंकको एक हजार रुपैयाँ अंकित दरमा ७ वर्ष अवधिको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न पुस २९ गते बुधबार अनुमति दिएको हो।

बैंकले “१०.३५ एडिबिएल कृषि बैंक ऋणपत्र २०८३” नामक ७ वर्षे ऋणपत्र जारी गर्ने भएको हो। बैंकले एक हजार रुपैयाँका दरले दुई अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ। जसमध्ये एक अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि र एक अर्ब ५० करोड बराबरको १५ लाख कित्ता व्यक्तिगत संघसंस्थालाई बिक्री गर्नेछ।

उक्त ऋणपत्रमा १०.३५ प्रतिशत ब्याजदर भुक्तानी गर्ने जनाएको छ। ऋणपत्र जारी गर्ने कार्यको लागि बैंकले एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक तोकिसकेको छ।

इक्रा नेपालले बैंकको ऋणपत्रलाई न्युन जोखिम रहेको रेटिङ ‘इक्रा एनपि एलए’ प्रदान गरेको छ। यस रेटिङले ऋणपत्रमा लगानी गर्दा कम जोखिम रहेको जनाउँदछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।