कोरम नपुगेपछि स्थगित भएको साधारण सभा गर्न आँखुखोलाले तोक्यो मिति

Jan 16, 2020 10:57 AM Merolagani



कोरम नपुगेका कारण स्थागित भएको साधारण सभा सम्पन्न गर्न आँखुखोला जलविद्युत कम्पनी (AKJCL) ले पुनः साधारण सभाको मिति तोकेको छ।

कम्पनीले माघ १४ गते ११ औँ र १२ औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। यस अघि कम्पनीले पुस २८ गते सो सभा डाकेको थियो। शेयरधनीको कोरम नपुगेका कारण सो सभा स्थगित भएको थियो।

कम्पनीको सभा नक्साल बैङ्क्वेट, नक्सालमा बिहान ११ बजे शुरु हुनेछ।

सभामा सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने गरी १ जना महिला सहित २ जना सञ्चालकको निर्वाचन गर्ने, कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्तावहरु रहेको छ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १७ गते एक दिन शेयर दाखिल खारेज बन्द गरेको थियो। पुस १६ गते बुधबारसम्म कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन सक्नेछन्।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।