कोरम नपुगेपछि सिन्धुको साधारण सभा स्थगित

Jan 19, 2020 08:02 AM Merolagani



सिन्धु विकास बैंक (SINDU) को साधारण सभा स्थागित भएको छ। बैंकले पुस २९ गते डाकेको साधारण सभा स्थगित भएको हो।

बैंकले गत पुस २९ गते मंगलबार सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, बाह्रबिसे, सिन्धुपाल्चोकमा १० औँ वार्षिक साधारण सभा डाकेको थियो। तर, कानूनले तोकेको आवश्यक गणपुरक संख्या नपुगेपछि सो सभा स्थगित गरिएको हो। बैंकको सञ्चालक समितिले सो निर्णय गरेको हो।

सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्ता पूँजीको ११.५१ प्रतिशतले हुन आउने ५ करोड ७५ लाख ७२ हजार रुपैयाँ बराबरको बोनस शेयर र ०.५७ प्रतिशतले हुन आउने २८ लाख ७८ हजार ६३४ रुपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव रहेको थियो।




जागिरको खोजीमा भूपु मन्त्री: श्रद्धा श्रेष्ठले नेपालमा बसालेको संस्कारले दिएको गम्भीर सन्देश

Sep 23, 2026 02:43 PM

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि झण्डै साढे तीन दर्जन आकाँक्षीहरुले आवेदन दिएका छन् । त्यसमध्येकी एक पात्र हुन् श्रद्धा श्रेष्ठ।