कोरम नपुगेपछि सिन्धुको साधारण सभा स्थगित

Jan 19, 2020 08:02 AM Merolagani



सिन्धु विकास बैंक (SINDU) को साधारण सभा स्थागित भएको छ। बैंकले पुस २९ गते डाकेको साधारण सभा स्थगित भएको हो।

बैंकले गत पुस २९ गते मंगलबार सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, बाह्रबिसे, सिन्धुपाल्चोकमा १० औँ वार्षिक साधारण सभा डाकेको थियो। तर, कानूनले तोकेको आवश्यक गणपुरक संख्या नपुगेपछि सो सभा स्थगित गरिएको हो। बैंकको सञ्चालक समितिले सो निर्णय गरेको हो।

सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्ता पूँजीको ११.५१ प्रतिशतले हुन आउने ५ करोड ७५ लाख ७२ हजार रुपैयाँ बराबरको बोनस शेयर र ०.५७ प्रतिशतले हुन आउने २८ लाख ७८ हजार ६३४ रुपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव रहेको थियो।




लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत भट्ट ललितपुरको सानेपाबाट पक्राउ

Oct 18, 2026 05:25 AM

लगानी बोर्ड नेपालका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्। ललितपुरको सानेपा क्षेत्रबाट काठमाडौँ परिसर भद्रकालीको प्रहरी टोलीले भट्टलाई नियन्त्रणमा लिएको हो।