दामनको रिसोर्टमा निसास्सिएर ८ जना भारतीय पर्यटकको मृत्यु

Jan 21, 2020 02:37 PM Merolagani

मकवानपुर जिल्लाको दामनस्थित पानोरमा रिसोर्टमा ८ जना भारतीय पर्यटकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले सो रिसोर्टका कोठामा गए राती बसेका पर्यटकले हिटर बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने जानकारी दिए ।

मृत्यु हुनेको सनाखत भइसकेको छैन ।

प्रारम्भिक अनुसन्धानले कोठाको झ्याल, ढोका बन्द गरेर हिटर चलाएर सुतेका कारण निसास्सिएर उनीहरुको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।

नेपाल घुम्न भारतको केरलाबाट १५ जनाको समूह नेपाल आएका थिए । तीमध्ये २ बालक, २ बालिका, २ महिला र २ पुरुष गरी ८ जना एउटै कोठामा सुतेका थिए । 

comments powered by Disqus