राष्ट्रिय वाणिज्य बैंकको खुद मुनाफा दुई अर्ब माथि

Jan 24, 2020 06:26 PM Merolagani



राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब ५ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकको ५५ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले उक्त जानकारी दिएका हुन् ।

प्रमुख कार्यकारी अधिकृत श्रेष्ठका अनुसार बैंकले चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा १ खर्ब ९७ अर्ब रुपैंया निक्षेप संकलन १ खर्ब ५२ अर्ब रुपैंया कर्जा लगानी गरेको छ ।

बैंकको ५५ औं वार्षिकोत्सव कार्यक्रम अर्थमन्त्री डा. युवराज खतिवडाको प्रमुख आथित्यतामा शुक्रवार सम्पन्न भएको छ ।

वैंककाे देशको सातैवटा प्रदेशका ७७ वटै जिल्लामा शाखा विस्तार भएको छ । हाल देशभर बैंकका २३८ वटा शाखा कार्यालय, २०५ वटा एटिएम, २८ स्थानमा एक्सटेन्सन काउण्टर र ९३ स्थानमा शाखारहित बैंकिंग सेवा संचालनमा छन् ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।