एनआईसी एशियाले गर्यो एपीएफ क्लबका खेलाडीलाई नगद सहयोग

Jan 24, 2020 07:06 PM Merolagani



एन आई सी एशिया बैंकले नेपाल ए.पी.एफ. क्लबका १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता–२०७६ का पदक विजेताहरुलाई ९ लाख ९५ हजार बराबरको रकम प्रदान गरेको छ ।

बैंकले सशस्त्र प्रहरीको १९ औं स्थापना दिवसको अवसरमा विभिन्न विधामा पदक जित्ने खेलाडीलाई उक्त नगद पुरस्कार वितरण गरेको हो ।

सहयोग स्वरुपको चेक एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले ए.पी.एफ.क्लबका अध्यक्ष सशस्त्र प्रहरी उपरीक्षक तुलसीराम दाहाललाई हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा प्रमुख अतिथ्यता सशस्त्र प्रहरी महानिरीक्षक शैलैन्द्र खनालको रहेको थियो । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व पुरा गर्ने क्रममा उक्त नगद सहयोग गरेको जनाएको छ ।

 




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।