एनआईसी एशियाले गर्यो एपीएफ क्लबका खेलाडीलाई नगद सहयोग

Jan 24, 2020 07:06 PM Merolagani



एन आई सी एशिया बैंकले नेपाल ए.पी.एफ. क्लबका १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता–२०७६ का पदक विजेताहरुलाई ९ लाख ९५ हजार बराबरको रकम प्रदान गरेको छ ।

बैंकले सशस्त्र प्रहरीको १९ औं स्थापना दिवसको अवसरमा विभिन्न विधामा पदक जित्ने खेलाडीलाई उक्त नगद पुरस्कार वितरण गरेको हो ।

सहयोग स्वरुपको चेक एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले ए.पी.एफ.क्लबका अध्यक्ष सशस्त्र प्रहरी उपरीक्षक तुलसीराम दाहाललाई हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा प्रमुख अतिथ्यता सशस्त्र प्रहरी महानिरीक्षक शैलैन्द्र खनालको रहेको थियो । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व पुरा गर्ने क्रममा उक्त नगद सहयोग गरेको जनाएको छ ।

 




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।