सनराइज बैंकको ऋणपत्र सूचीकृत

Jan 29, 2020 02:15 PM Merolagani



सनराइज बैंकको ३० लाख इकाई ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ। बैंकले कार्तिक २० गतेदेखि मंसिर १९ गतेसम्म बिक्री गरेको ‘१०.२५ प्रतिशत सनराइज डिबेन्चर २०८३’ को सो बराबरको ऋणपत्र बुधबार नेप्सेमा सूचीकृत गरेको हो ।

बैंकले निष्काशनमा ल्याएको कूल ३० लाख इकाईमध्ये १२ लाख इकाई सर्वसाधारणमा जारी गरिएको थियो भने १८ लाख इकाई बैंकले व्यक्तिगत तरवबाट संघ संस्थालाई बिक्री गरेको थियो।

बैंकले जारी गरेको सो ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी पाउनेछन्।

यो संगै बैंकको ऋणपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ। यद्यपि शेयर जस्तो दोस्रो बजारमा सहजै खरीद बिक्री नहुँदा सर्वसाधारणबाट ऋणपत्रमा उत्साहजनक सहभागिता भने देखिँदैन।




रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Jan 02, 2026 09:04 AM

पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।