सनराइज बैंकको ऋणपत्र सूचीकृत

Jan 29, 2020 02:15 PM Merolagani



सनराइज बैंकको ३० लाख इकाई ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ। बैंकले कार्तिक २० गतेदेखि मंसिर १९ गतेसम्म बिक्री गरेको ‘१०.२५ प्रतिशत सनराइज डिबेन्चर २०८३’ को सो बराबरको ऋणपत्र बुधबार नेप्सेमा सूचीकृत गरेको हो ।

बैंकले निष्काशनमा ल्याएको कूल ३० लाख इकाईमध्ये १२ लाख इकाई सर्वसाधारणमा जारी गरिएको थियो भने १८ लाख इकाई बैंकले व्यक्तिगत तरवबाट संघ संस्थालाई बिक्री गरेको थियो।

बैंकले जारी गरेको सो ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी पाउनेछन्।

यो संगै बैंकको ऋणपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ। यद्यपि शेयर जस्तो दोस्रो बजारमा सहजै खरीद बिक्री नहुँदा सर्वसाधारणबाट ऋणपत्रमा उत्साहजनक सहभागिता भने देखिँदैन।




के सरकारले शेयर कारोबारमा ट्रान्जेक्सन ट्याक्स लगाउन लागेको हो ?

Jun 28, 2026 05:08 PM

सुवास निरौला 

पछिल्लो समय सामाजिक सञ्जालमा शेयर बजारका विश्लेषक तथा लगानीकर्ता विष्णुप्रसाद बस्यालले फेसबुकमा लेखेको एउटा स्टाटसले शेयर बजारका आम लगानीकर्तामा ठूलो भ्रम र अन्योल सिर्जना गरिदिएको छ।