मेरो माइक्रोफाइनान्सको बोनस डिम्याट खातामा

Feb 03, 2020 09:49 AM Merolagani



मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (MERO) ले बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको छ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको ३० प्रतिशत बोनस शेयर शेयरधनीहरुको खातामा जम्मा गरेको हो। गत कात्तिक २९ गते सम्पन्न लघुवित्तको सातौँ वार्षिक साधारण सभाले सो दरमा बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

हालसम्म भौतिक शेयर धारण गरेका शेयरधनीहरुलाई लघुवित्तले शिघ्र शेयर अभौतिकिकरण गरी खाताको विवतरण उपलब्ध गराउन अनुरोध गरेको छ। लघुवित्तको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले कात्तिक २० गतेदेखि २९ गतेसम्म बुकक्लोज गरेको थियो। यस अनुसार कात्तिक १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सो बोनस शेयर प्राप्त गर्न सक्नेछन्।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।