मेरो माइक्रोफाइनान्सको बोनस डिम्याट खातामा

Feb 03, 2020 09:49 AM Merolagani



मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (MERO) ले बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको छ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको ३० प्रतिशत बोनस शेयर शेयरधनीहरुको खातामा जम्मा गरेको हो। गत कात्तिक २९ गते सम्पन्न लघुवित्तको सातौँ वार्षिक साधारण सभाले सो दरमा बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

हालसम्म भौतिक शेयर धारण गरेका शेयरधनीहरुलाई लघुवित्तले शिघ्र शेयर अभौतिकिकरण गरी खाताको विवतरण उपलब्ध गराउन अनुरोध गरेको छ। लघुवित्तको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले कात्तिक २० गतेदेखि २९ गतेसम्म बुकक्लोज गरेको थियो। यस अनुसार कात्तिक १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सो बोनस शेयर प्राप्त गर्न सक्नेछन्।




अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट, कारण यस्तो

Oct 22, 2025 06:06 AM

२१ अक्टोबर, अर्थात मंगलबार अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट देखिएको छ। पछिल्ला केही महिनादेखि उच्च दरमा बढेर दैनिक जसो नयाँ नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यमा मंगलबार करिब ६ प्रतिशतसम्मको गिरावट भएको छ।