रिलायन्स फाइनान्सकाे साधारणसभा आह्वान, मर्जर र लाभांश वितरण मुख्य एजेण्डा

Feb 04, 2020 10:12 AM Merolagani



रिलायन्स फाइनान्स (RLFL) ले मर्जर र लाभांश वितरण गर्ने मुख्य प्रस्ताव सहित दशौं वार्षिक साधारणसभा आह्वान गरेको छ। फाइनान्सले फागुन १६ गते, बानेश्वर बैंक्वेट, थापागाँउमा सभा बोलाएको हो। 

सभामा फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट कर सहित ६.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ। फाइनान्सले सञ्चालक मितिले प्रस्ताव गरेअनुसार ५ करोड ४७ लाख ६४ हजार २१४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको हो।

त्यस्तै, सभामा फाइनान्सले अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न तथा गाभिन गर्नुपर्ने सम्पुर्ण कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने भएको छ। नियमनकारी निकायबाट कुनैपनि विषयमा संशोधन तथा परिमार्जन गर्न निर्देशन आएमा सो कार्य गर्न समेत सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव लैजाँदै छ।

लाभांश वितरण तथा साधारणसभा प्रयोजनको लागि फाइनान्सले माघ २८ गते बुकक्लोज गर्ने भएकाले माघ २७ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र फाइनान्सले वितरण गर्ने लाभांश र साधारण सभामा भाग लिन पाउनेछन्।




शेयर बजार र घर जग्गमा लाग्ने कर बढ्यो, विदेश पढ्न जानेमाथि थप भार

May 29, 2026 08:11 PM

आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटसँगै सरकारले ल्याएको आर्थिक विधेयक र मन्त्रिपरिषद्को पछिल्लो निर्णयले नेपालको कर प्रणालीमा ठूलो फेरबदल ल्याएको छ।