खुद ब्याज आम्दानीसँगै घट्यो नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा

Feb 07, 2020 07:37 AM Merolagani



नेपाल इन्भेष्टमेन्ट बैंक (NIB) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद ब्याज आम्दानीसँगै खुद नाफा पनि घटेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३० करोड ९४ लाख रुपैयाँ कम हो। गत आर्थिक वर्षको यसै अवधिसम्ममा बैंकले १ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

ब्याज आम्दानी बढेपनि ब्याज खर्च बढ्न गई खुद ब्याज आम्दानी घटेसँगै निष्क्रिय कर्जा बढेपछि बैंकको खुद नाफा घट्न पुगेको हो।

पुस मसान्तसम्ममा १ खर्ब ४९ अर्ब ९५ करोड निक्षेप सङ्कलन गरी १ खर्ब ३२ अर्ब ६० करोड रुपैयाँ कर्जा परिचालन गरेको बैंकले ३ अर्ब ६ करोड ३३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २४ करोड ९८ लाख रुपैयाँ कम हो। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ४६ करोड २८ लाख रुपैयाँ घटेर २ अर्ब ३८ करोड ८ लाख रुपैयाँमा सीमित भएको छ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा २.०४ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा चालु आर्थिक वर्षको सोही अवधिमा ०.८६ प्रतिशत विन्दु बढेर २.९० प्रतिशत कायम भएको छ। समीक्षा अवधिमा बैंकको इम्पेरिमेन्ट चार्ज २६ करोड ७१ लाख बढेर ५५ करोड ९० लाख पुगेको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा घट्न दबाब पुगेको हो।

१४ अर्ब २२ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब १० करोड २६ लाख रुपैयाँ सञ्चित छ। त्यसैगरी, बैंकको शेयरधनी कोषमा १ अर्ब ८१ करोड ४१ लाख रुपैयाँ र शेयर प्रिमियममा ३ करोड २५ लाख रुपैयाँ रहेको छ। पुस मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ८४ करोड ३४ लाख रुपैयाँ रहेको छ।

खुद नाफामा गिरावट आएसँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ४३ पैसा कायम भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० रुपैयाँ ५६ पैसा कम हो। समीक्षा अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ ११ रुपैयाँ १० पैसा घटेर १८४ रुपैयाँ ३ पैसा कायम भएको छ। त्यसैगरी, बैंकको मूल्य आम्दानी अनुपात १६.१५ बाट बढेर १७.२८ गुणा कायम भएको छ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।