गरिमा विकास बैंकको नाफामा सुधार, जगेडा कोष मजबुत बन्दै

Feb 09, 2020 08:48 AM Merolagani

गरिमा विकास बैंक (GBBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३२ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ करोड ९६ लाख रुपैयाँ अर्थात् १०.०२ प्रतिशतले धेरै हो। 

बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २९ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको नाफामा बढोत्तरी देखिएको हो।

बैंकले यस अवधिसम्ममा ८० करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत वर्षको यसै अवधिको तुलनामा २०.२१ प्रतिशतले धेरै हो। बैंकको सञ्चालन मुनाफा १० प्रतिशतले बढेर ४६ करोड ५० लाख रुपैयाँ पुगेको छ।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा २१ करोड ४७ लाख रुपैयाँ रहेको छ।

चुक्ता पूँजी १६ प्रतिशतले बढाएर ३ अर्ब २३ करोड ८६ लाख रुपैयाँ पुर्‍याएको बैंकले जगेडा कोषमा ६२ करोड ७४ लाख रुपैयाँ सञ्चित गरेको छ। यसैगरी, बैंकको रिटेन्ड अर्निङ २२ करोड ५४ लाख रुपैयाँ रहेको छ।

यस अवधिमा बैंकले ३३ अर्ब ७३ करोड ८१ लख रुपैयाँ निक्षेप संकलन गरी ३३ अर्ब २१ करोड ५७ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ।

बैंकको प्रतिशेयर आम्दानी ६७ पैसा घटेर २० रुपैयाँ ७ पैसा कायम भएको छ। गत आवको पुस मसान्तमा बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ ७४ पैसा रहेको थियो।

बैंकको निष्कृय कर्जा अनुपात ०.२८ बाट बढेर ०.३९ प्रतिशत पुगेको छ। 

बैंकको प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ३४ पैसा, पूँजीकोष १३.७८ प्रतिशत र मूल्य आम्दानी अनुपात ११.२६ गुणा छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।