दुई फाइनान्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Feb 10, 2020 12:13 PM Merolagani



दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज (माघ २७ गते, सोमबार) अन्तिम दिन हो। सेन्ट्रल फाइनान्स र रिलायन्स फाइनान्सको नगद लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन हो। 

सेन्ट्रल फाइनान्स (CFCL)को २३ औं वार्षिक साधारण सभा र रिलायन्स फाइनान्सको १० औं वार्षिक साधारण सभा प्रयोजनार्थ माघ २८ गते मंगलबार बुकक्लोज गर्ने भएका छन्।

जस अनुसार आज सोमबार शेयर खरिद गर्ने लगानीकर्ताले मात्र यी दुबै फाइनान्सको लाभांश प्राप्त गर्नसक्ने छन्। साधारण सभाबाट सेन्ट्रल फाइनान्सले ७ प्रतिशत नगद लाभांश र रिलायन्स फाइनान्सले ६.५८ प्रतिशत नगद लाभांस पारित गराउने भएका छन्।

सेन्ट्रल फाइनान्सले फागुन १६ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा दिनको ११ बजे सभा बोलाएको हो। सभामा फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट ७ प्रतिशतले हुन आउने ५ करोड ७६ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ।

त्यसैगरी, रिलायन्स फाइनान्स (RLFL) ले फागुन १६ गते, बानेश्वर बैंक्वेट, थापागाँउमा साधारण सभा बोलाएको छ। सभामा फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट करसहित ६.५८ प्रतिशत अर्थात ५ करोड ४७ लाख ६४ हजार २१४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ।

फाइनान्सले सभामा अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न तथा गाभिन गर्नुपर्ने सम्पुर्ण कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगाएतका प्रस्तावहरु अनुमोदन गर्ने भएको छ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।