केरलामा कोरोनाः तीन हजार २५२ जना निगरानीमा

Feb 10, 2020 02:02 PM rss



प्राणघातक कोरोना भाइरसको सङ्क्रमणको आशंका गर्दै भारतको केरला राज्यस्थित स्वास्थ्य विभागले तीन हजार २५२ जनालाई निगरानीमा राखेको छ ।

विभागले तीमध्ये ३४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाएको छ । विभागले ३४५ जनाको रगतको नमुना परीक्षण गर्दा ३२६ जनामा कोरोना भाइरसको सङ्क्रमण नदेखिएको बताएको छ ।

विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “चीनबाट फर्किएका व्यक्तिको रक्त परीक्षण गर्दा कोरोना भाइरसको सङ्क्रमण देखिएन र अनुगमनमा राखिएका व्यक्तिको रक्त परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ ।” विज्ञप्तिमा चीनबाट फर्किएका व्यक्तिहरुलाई १८ दिनसम्म घरबाहिर हिँड्डुल नगर्न सल्लाह दिइएको र त्यसपछि नजिकको स्वास्थ्य केन्द्रमा जँचाउन भनिएको उल्लेख छ ।

थ्रिसुरस्थित सरकारी शिक्षण अस्पतालको विशेष वार्डमा राखिएका चीनबाट फर्किएका विद्यार्थीको प्रयोगशाला परीक्षण गर्दा कोरोना भाइरस (एन्कोभ) को सङ्क्रमण नदेखिएको अस्पतालले जनाएको छ । 




भविष्यको प्रेडिक्सनमा रमाउने शेयर बजार वर्तमानसँग आत्तियो, बुँदा नम्बर ४५ मा केछ?

Mar 29, 2026 05:49 PM

नेपालको राजनीति र शेयर बजार सधैँ एउटै सिक्काका दुई वटा पाटा जस्तै रहेका छन्। राजनीतिमा सानो हलचल हुँदा पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारको ग्राफमा देखिने गर्दछ।