खर्च नियन्त्रण गर्न नसक्दा घट्यो सिभिल बैंकको नाफा

Feb 10, 2020 08:57 PM Merolagani



सिभिल बैंक लिमिटेड (CBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ३७ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा ३१ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेपनि खर्च नियन्त्रण गर्न नसक्दा खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९ करोड ४८ लाख रुपैयाँ बढेर १ अर्ब १९ करोड २८ लाख रुपैयाँ पुगेको छ। बैंकको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ७ करोड ७० लाख रुपैयाँ घटेर ४४ करोड ६२ लाखमा सीमित भएको छ।

कर्मचारी खर्च र अन्य सञ्चालन खर्च नियन्त्रण गर्न नसक्दा बैंकको खुद ब्याज आम्दानी बढेपनि सञ्चालन मुनाफा घट्न पुगेको हो। गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको कर्मचारी खर्च २० करोड ६३ लाख रुपैयाँ बढेको छ भने अन्य सञ्चालन खर्च ७ करोड २१ लाख रुपैयाँ बढेको छ।

खुद नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि गिरावट आएको छ। ८ अर्ब ३३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको बेसिक प्रतिशेयर आम्दानी समीक्षा अवधिमा ६९ पैसा घटेर ३ रुपैयाँ ९५ पैसामा झरेको छ भने डाइलुटेड प्रतिशेयर आम्दानी १ रुपैयाँ ३५ पैसा घटेर ७ रुपैयाँ ९० पैसामा झरेको छ।

पुस मसान्तसम्ममा १३ करोड ११ लाख रुपैयाँ वितरण योग्य मुनाफा रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ६० करोड ९० लाख रुपैयाँ सञ्चित छ भने शेयरधनी कोषमा ३२ करोड ९७ लाख रुपैयाँ रहेको छ। सो अवधिसम्ममा बैंकले ४७ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब ७६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको निष्क्रिय कर्जा ३.५४ प्रतिशतबाट घटेर २.६९ प्रतिशतमा सीमित भएको छ।

सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ २२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १७.७२ गुणा कायम भएको छ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।