खुद ब्याज आम्दानी घटेसँगै नबिल बैंकको नाफा घट्यो

Feb 11, 2020 08:09 AM Merolagani

नबिल बैंक (NABIL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद ब्याज आम्दानीसँगै खुद नाफा पनि घटेको छ।

सो अवधिसम्ममा बैंकले २ अर्ब ४ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ करोड ५० लाख रुपैयाँ कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब १७ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेपछि बैंकको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १५ करोड ९६ लाख रुपैयाँ घटेर ३ अर्ब ४५ करोड १६ लाख रुपैयाँमा सीमित भएको छ। ब्याज आम्दानीको तुलनामा ब्याज खर्च बढेपछि बैंकको खुद ब्याज आम्दानी घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी ११.१३ प्रतिशत बढेको छ भने ब्याज खर्च २६.२६ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा १७ करोड ४३ लाख रुपैयाँ घटेर २ अर्ब ९० करोड ९३ लाख रुपैयाँमा सीमित भएको छ।

१ खर्ब ६४ अर्ब ३२ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ४१ अर्ब ३९ करोड कर्जा परिचालन गरेको यस बैंकले पुस मसान्तसम्ममा ८ अर्ब १४ करोड रुपैयाँ ब्याज आम्दानी गरी ४ अर्ब ६८ करोड रुपैयाँ ब्याज खर्च गरेको छ। बैंकको निष्क्रिय कर्जा सो अवधिसम्ममा ०.६२ प्रतिशतबाट बढेर ०.७५ प्रतिशत पुगेको छ।

१० अर्ब ९ करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ११ अर्ब ६७ करोड ६ लाख रुपैयाँ सञ्चित छ। त्यसैगरी, बैंकको शेयरधनी कोषमा २ अर्ब १३ करोड ४ लाख रपैयाँ र शेयर प्रिमियममा ७४ हजार रुपैयाँ रहेको छ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ५४ रुपैयाँ २८ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ८ रुपैयाँ ९६ पैसा घटेर ४५ रुपैयाँ ३२ पैसामा झरेको छ। खुद नाफा घटेका कारण बैंकको प्रतिशेयर आम्दानी घट्न पुगेको हो। बैंकको मूल्य आम्दानी अनुपात १६.१० गुणा रहेको छ।

पुस मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४५ करोड ९१ लाख रुपैयाँ रहेको छ। सो अवधिसम्ममा बैंकको कोषको लागत ६.०२ प्रतिशत, आधार दर ८.१० प्रतिशत र स्प्रेड दर ४.९९ प्रतिशत कायम रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।