कालिका पावरको नाफा ९५.९६ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति?

Feb 11, 2020 04:28 PM Merolagani



कालिका पावर कम्पनी (KPCL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीको यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा एक करोड ९५ लाख रुपैयाँ अर्थात् ९५.९६ प्रतिशतले धेरै हो। 

गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले २ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

विद्युत बिक्रीको आम्दानी सामान्य रुपमा बढेपनि कम्पनीले अन्य स्रोत मार्फत आम्दानी गर्नुका साथै समग्र खर्च व्यवस्थापन गर्दा खुद नाफामा बढोत्तरी भएको हो।

पुस मसान्तसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत् १० करोड २३ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आवको यसै अवधिको तुलनामा ०.२२ प्रतिशत मात्र धेरै हो। गत आवको यसै अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १० करोड १४ हजार रुपैयाँ आम्दानी गरेको थियो।

यस अवधिमा कम्पनीले अन्य स्रोत मार्फत् एक लाख ३ हजार रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पूँजी ६० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ५ करोड १४ लाख रुपैयाँ सञ्चित छ।

कम्पनीको नाफा बढेसँगै प्रतिशेयर आम्दानीमा पनि सुधार देखिएको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ६ रुपैयाँ ५० पैसाले बढेर १३ रुपैयाँ २८ पैसा कायम भएको छ। गत आवको यसै अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७८ पैसा रहेको थियो।

कम्पनीको प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ५७ पैसा र मूल्य आम्दानी अनुपात ६.७८ गुणा छ। 




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।