विद्युत बिक्रीको आम्दानी बढेसँगै नेपाल हाइड्रोको नाफा बढ्यो, जगेडा कोषमा सुधार

Feb 12, 2020 12:12 PM Merolagani



नेपाल हाइड्रो डेभलोपर (NHDL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। हाइड्रोको यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ५५ लाख २७ हजार रुपैयाँ अर्थात् २५.६९ प्रतिशत धेरै हो। 

गत आवको यसै अवधिसम्ममा हाइड्रोले २ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

विद्युत बिक्रीको आम्दानी र सञ्चालन मुनाफा बढेसँगै हाइड्रोको नाफामा बढोत्तरी देखिएको हो।

यस अवधिमा हाइड्रोले विद्युत बिक्री मार्फत् ६ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको छ। यो आम्दानी गत आवको यसै अवधिको तुलनामा ११.३० प्रतिशत धेरै हो। गत आवको दोस्रो त्रैमाससम्ममा हाइड्रोले विद्युत बिक्री मार्फत् ५ करोड ९१ लाख रुपैयाँ आम्दानी गरेको थियो।

२६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस हाइड्रोले जगेडा कोषमा ४६.५३ प्रतिशतले सुधार गर्दै ४ करोड ७७ लाख रुपैयाँ सञ्चित गरेको छ।

वार्षिक प्रतिशेयर आम्दानी २० रुपैयाँ ८० पैसा रहेको हाइड्रोको प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ३७ पैसा र वार्षिक मूल्य आम्दानी अनुपात ५.६७ गुणा छ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।