विद्युत बिक्रीको आम्दानी बढेपनि अपि पावरको नाफा घट्यो, प्रतिशेयर आम्दानी कति?

Feb 12, 2020 12:40 PM Merolagani



अपि पावर कम्पनी (API) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ९६ लाख ८४ हजार रुपैयाँ अर्थात् १८.९५ प्रतिशत कम हो। 

गत आवको यसै अवधिसम्ममा कम्पनीले ५ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

विद्युत बिक्रीको आम्दानी बढेपनि समग्र खर्च बढ्न जाँदा कम्पनीको नाफामा गिरावट देखिएको हो।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत् १३ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आवको यसै अवधिको तुलनामा २७.०३ प्रतिशत धेरै हो। गत आवको यसै अवधिमा कम्पनीले विद्युत बिक्रीमार्फत् १० करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको थियो।

यस अवधिमा कम्पनीको सञ्चालन खर्च गत आवको तुलनामा ६६.४२ प्रतिशतले बढेको छ भने गैरसञ्चालन खर्च ६८.३९ प्रतिशतले बढेको छ। फलस्वरुप, कम्पनीको खुद नाफा घट्न पुगेको हो।

चुक्ता पूँजी एक अर्ब १९ करोड ७ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ११ करोड ५६ लाख रुपैयाँ सञ्चित छ।

यस अवधिमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २ रुपैयाँ ०५ पैसा घटेर ६ रुपैयाँ ९६ पैसा कायम भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ७१ पैसा र मूल्य आम्दानी अनुपात १७.८३ गुणा छ।

कम्पनीले २०७६ कार्तिक १३ गते देखि ८ मेगावाट क्षमताको माथिल्लो नौगाड आयोजना निर्माण सम्पन्न गरी राष्ट्रिय प्रशारण लाईनमा जडान गरेको छ। योसँगै दार्चुला जिल्लामा कम्पनीले दोश्रो आयोजना सम्पन्न गरेको हो।

यसअघि २०७२ साल भदौमा कम्पनीले नौगड गाड आयोजना ८.५ मे.वा. साना जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरिसकेको छ। यो आयोजना विगत २ वर्ष देखि निरन्तर रुपमा राष्ट्रिय प्रणालीमा विद्युत प्रवाह गर्दै आएका छ।

यसैगरी, अपिले ४० मे.वा. क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य शुरु गर्ने भएको छ। कम्पनीले दार्चुला जिल्लामा नै नयाँ आयोजनाको रुपमा माथिल्लो चमेलियालाई अगाडि बढाउन लागि चाहिने सबै स्वीकृतिहरु लिइसकेको छ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।