युनियन हाइड्रोपावरको नाफा एक करोड १४ लाख

Feb 12, 2020 01:03 PM Merolagani



युनियन हाइड्रोपावर (UNHPL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एक करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ। 

गत आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा कम्पनीले ७० लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत् ४ करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको छ। यसैगरी, कम्पनीले अन्य स्रोत मार्फत् ४ हजार ७२६ रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पूँजी ७५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोष ८ करोड ३५ लाख रुपैयाँले ऋणात्मक रहेको छ।

पुस समान्तसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६ पैसा, प्रतिशेयर नेटवर्थ ८८ रुपैयाँ ८७ पैसा र मूल्य आम्दानी अनुपात १९.५८ गुणा छ। 




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।