युनियन हाइड्रोपावरको नाफा एक करोड १४ लाख

Feb 12, 2020 01:03 PM Merolagani



युनियन हाइड्रोपावर (UNHPL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एक करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ। 

गत आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा कम्पनीले ७० लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत् ४ करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको छ। यसैगरी, कम्पनीले अन्य स्रोत मार्फत् ४ हजार ७२६ रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पूँजी ७५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोष ८ करोड ३५ लाख रुपैयाँले ऋणात्मक रहेको छ।

पुस समान्तसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६ पैसा, प्रतिशेयर नेटवर्थ ८८ रुपैयाँ ८७ पैसा र मूल्य आम्दानी अनुपात १९.५८ गुणा छ। 




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।