राधी विद्युत कम्पनी नाफामा सुधार

Feb 12, 2020 04:27 PM merolagani



राधी विद्युत कम्पनी(RADHI)ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७६ लाख ५० हजार रुपैयाँले बढी हो । 

गत वर्षको यसै अवधिमा कम्पनीले तीन करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।विद्युत बिक्रीबाट हुने आम्दानी बढ्दा कम्पनीको खुद नाफा बढ्न सहयोग पुगेको हो । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीले विद्युत बिक्रीबाट ८ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको छ भने अन्य स्रोतमार्फत एक लाख २१ हजार रुपैयाँ आम्दानी गरेको छ ।

गत वर्षको यसै अवधिको तुलनामा कम्पनीको बिद्युत बिक्री मार्फतको आम्दानी ७.५१ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको विद्युत बिक्रीबाट ८ करोड १० लाख रुपैयाँ आर्जन गरेको कम्पनी थियो ।

चुक्ता पूँजी ४७ करोड ३५ लाख रहेको कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ३७ पैसा, प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ३६ पैसा र मूल्य आम्दानी अनुपात ८.४९ गुणा छ ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।