रसुवागढी हाइड्रोपावरको घाटा बढ्दै

Feb 13, 2020 08:26 AM Merolagani



चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा रसुवागढी हाइड्रोपावर लिमिटेड (RHPL) ले २ करोड १० लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। कम्पनीको ब्याज आम्दानी घटेसँगै अन्य खर्चहरु बढ्दा नोक्सानी व्यहोर्नु परेको हो।

गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनी १ करोड ४९ लाख रुपैयाँ नाफामा रहेको थियो। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नै कम्पनीले १ करोड ४६ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो।

यस कम्पनी अन्तर्गत रसुवा जिल्लाको गोसाईकुण्ड गाँउपालिकामा निर्माणधिन १११ मेगावाट क्षमताको भौतिक प्रगति ७५ प्रतिशत रहेको छ।

गत आवको पुस मसान्तसम्ममा ३ करोड २४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ७३ लाख रुपैयाँ यस्तो आम्दानी गरेको छ। कम्पनीको सञ्चालन मुनाफा २ करोड ६३ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

६ अर्ब १५ करोड ७८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस जलविद्युत कम्पनीको शेयरधनी कोष १४ करोड ९७ लाख रुपैयाँ ऋणात्मक रहेको छ। कम्पनीले नोक्सानी व्यहोरेसँगै प्रतिशेयर आम्दानी पनि ऋणात्मक रहेको छ। पुस महिनाको अन्तिम कारोबार दिन १७४ रुपैयाँमा कारोबार भएको यस कम्पनीको प्रतिशेयर आम्दानी ६८ पैसा ऋणात्मक रहेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ ५७ पैसा कायम भएको छ।

रसुवागढी जलविद्युत आयोजनाको निर्माण अवधिको ब्याज बाहेकको शुरु लागत १३ अर्ब ६८ करोड ४२ लाख हुने गरी निर्माण कार्य शुरु गरिएको थियो। तर, विदेशी विनिमय दरमा परिवर्तन, बन्द हड्ताल तथा प्राकृतिक विपत्तीका कारण आयोजनाको निर्माण गति तथा लागत प्रभावित भएको कम्पनीले जनाएको छ। कम्पनीले २०७७ असार मसान्तसम्ममा विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।