एनआईसी एशियाका सञ्चालक संघई सीआईपीद्वारा सम्मानित

Feb 13, 2020 01:06 PM MeroLagani



एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघईलाई मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्‍याए बापत नेपाल सरकारको “महत्वपूर्ण व्यवसायिक व्यक्ति” बाट सम्मानित गरिएको छ। 

सीआईपी सम्मान निजी क्षेत्रलाई सरकारले प्रदान गर्ने सबै भन्दा ठूलो सम्मान हो। 

गत मंगलवार नेपाल सरकारको तर्फबाट उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले आयोजना गरेको एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकका सञ्चालक संघईलाई महत्वपूर्ण व्यवसायिक व्यक्तिको परिचयपत्र, सीआईपी लोगो तथा प्रमाणपत्रले विभूषित गरेका थिए।

संघई अध्यक्ष रहको बारास्थित त्रिवेणी स्पिनिङ मिल्स नेपाल, तेस्रो मुलुकमा सबैभन्दा धेरै रकमको धागो निर्यात गर्ने अग्रणी उद्योगको रुपमा रहेकोले नेपाल सरकारले उनलाई विभुषित गरेको हो।

 




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।