एनआईसी एशियाको विस्तारित काउण्टर ललितपुर जिल्ला अदालतमा

Feb 13, 2020 01:36 PM MeroLagani



एनआईसी एशिया बैंकले ललितपुर जिल्ला अदालत परिसरमा बैंकिङ्ग सेवाको शुरु गरेको छ। उक्त सेवाको उद्घाटन मंगलबार ललितपुर जिल्ला अदालतका मुख्य न्यायाधीश महेन्द्रबहादुर कार्कीले गरेका हुन्।

उद्घाटन कार्यक्रममा बोल्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले अदालत परिसरमा काउण्टर संचालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई अदालती शुल्कका साथै दस्तुर बुझाउन र रकम व्यवस्थापनका लागि सहज हुने तथा बैंकको बैंकिङ्ग सेवा देशका हरेक कुना कन्दरामा पुर्‍याउने बैंकको अथक यात्रा जारी रहेको बताए।

२१ लाख ग्राहक रहेको यस बैंकको देशभरमा ३१३ शाखा कार्यालय, ४४२ एटिएम, १०९ एक्स्टेन्सन काउण्टर एवं ५२ शाखारहित बैंकिङ्ग सेवा रहेको छ।

 

 

 




रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Jan 02, 2026 09:04 AM

पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।