सिटिजन्स बैंक र म्याक्स मनि ट्रान्सफर बीच रेमिटेन्स सम्झौता

Feb 13, 2020 01:48 PM MeroLagani



सिटिजन्स बैंक र म्याक्स मनि ट्रान्सफरका बीच मलेसिया लगायत अन्य मुलुकबाट भुक्तानी पाउने गरी रेमिटेन्स सम्झौता भएको छ।

उक्त सम्झौता अनुसार मलेसिया लगायत अन्य मुलुकबाट बैंकिङ्ग प्रणाली मार्फत पठाएको विप्रेषण रकम नेपालमा रहेका व्यक्तिले भुक्तानी पाउने भएका छन्।

यस सम्झौता बमोजिम म्याक्स मनि ट्रान्सफर मार्फत विदेशबाट नेपालमा पठाएको विप्रेषण रकम सिटिजन्स बैंककोे ८९ वटा शाखाबाट सहज रुपमा भुक्तानी पाउन सकिनेछ। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

सिटिजन्स बैंकको देशभर ८९ शाखा, ९० एटिएम र १०३ शाखा रहित बैंकिङ्ग एकाई तथा करिब पाँच लाख ग्राहक रहेका छन्। यस बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिन मार्फत सामान वा सुविधा खरीद गर्दा २० प्रतिशतसम्म नगद फिर्ता हुने योजना पनि सञ्चालनमा रहेको छ।

 

 




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।