सिटिजन्स बैंक र म्याक्स मनि ट्रान्सफर बीच रेमिटेन्स सम्झौता

Feb 13, 2020 01:48 PM MeroLagani



सिटिजन्स बैंक र म्याक्स मनि ट्रान्सफरका बीच मलेसिया लगायत अन्य मुलुकबाट भुक्तानी पाउने गरी रेमिटेन्स सम्झौता भएको छ।

उक्त सम्झौता अनुसार मलेसिया लगायत अन्य मुलुकबाट बैंकिङ्ग प्रणाली मार्फत पठाएको विप्रेषण रकम नेपालमा रहेका व्यक्तिले भुक्तानी पाउने भएका छन्।

यस सम्झौता बमोजिम म्याक्स मनि ट्रान्सफर मार्फत विदेशबाट नेपालमा पठाएको विप्रेषण रकम सिटिजन्स बैंककोे ८९ वटा शाखाबाट सहज रुपमा भुक्तानी पाउन सकिनेछ। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

सिटिजन्स बैंकको देशभर ८९ शाखा, ९० एटिएम र १०३ शाखा रहित बैंकिङ्ग एकाई तथा करिब पाँच लाख ग्राहक रहेका छन्। यस बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिन मार्फत सामान वा सुविधा खरीद गर्दा २० प्रतिशतसम्म नगद फिर्ता हुने योजना पनि सञ्चालनमा रहेको छ।

 

 




जागिरको खोजीमा भूपु मन्त्री: श्रद्धा श्रेष्ठले नेपालमा बसालेको संस्कारले दिएको गम्भीर सन्देश

Sep 23, 2026 02:43 PM

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि झण्डै साढे तीन दर्जन आकाँक्षीहरुले आवेदन दिएका छन् । त्यसमध्येकी एक पात्र हुन् श्रद्धा श्रेष्ठ।