शेयर शिक्षा: ल्याङ्ग्वेजलाई होइन, बडी ल्याङ्ग्वेजलाई बुझौं

Feb 13, 2020 02:10 PM Merolagani

सुवास दाहाल

एकजना सिकारी जङ्गलमा सिकार खेल्न जान्थ्यो। ऊ बिहान बेलुकाको त्यस्तै सिकार गरेर गुजारा गर्ने गर्थ्याे। एक दिन सिकारीको सिकार खेल्ने क्रममा एउटा बटुवासँग भेट भएछ।

बटुवाले सिकारीलाई सोधे छ, 'के खोज्दै हिड्नु भयो दाइ?' सिकारीले भनेछ, 'म सिकार खेल्दै हिँडेको।' त्यो कुरा सुनेर बटुवाले हतार–हतार त्यो सिकारीलाई सुनाएछ, 'ए दाइ तपाईँ कुन दुनियाँमा हुनुहुन्छ? त्यो पारी घर छेउको ठूलो रूख देख्नुभयो?' सिकारीले भन्यो, 'अं देखे।' बटुवाले भन्यो। 'त्यहाँ ५० बढी सुनका सुन्दर मृगहरू मंगल ग्रहबाट आएका छन रे, म त्यंही हिडेको। ती मृगहरूमा एउटा राजा मृग पनि छ रे। त्यो राजा मृग पक्रन सक्यो भने त्यहाँ भएका सबै मृगहरू राजा मृगसँगै झुण्ड भएर आउनेछन् रे। गाँउमा त्यही हल्ला छ र म हिंडेको। त्यो सुनको सुन्दर मृग राजा पक्रन सक्यौँ भने तपाँइ र मलाई २० औं पुस्तासम्म खान पुग्छ र हामी मालामाल हुनेछौ। जाँउ त्यो राजा मृगलाई जाल बिछाउँ।'

त्यो कुरा सुनेर सिकारी त्यहाँ तुरून्त पुग्ने निर्णय गर्याे र दुवै त्यहाँ पुगे। बटुवाले भन्यो 'गाँउका मानिसहरू आँउदै होलान हामीले उनीहरू आउनुभन्दा पहिले नै यो काम गर्नुपर्छ।'

सिकारी र बटुवाले मृग पक्रन जाल बिछयाए र त्यो राजा मृगलाई विभिन्न कोशिस गरेर पक्रन सफल भए। त्यो राजा मृगलाई तुरून्त पिँजडामा राखे। एकछिन पछि त्यो सिकारीले भने झै त्यहाँ झण्डै ५० भन्दा बढी मृगहरू राजा मृग नजिक आए। तर अचम्मको कुरा के भयो भने ती झुण्ड मृगहरू आउनासाथ भुईमा भुक्लुक्क भुक्लुक्क लडे। त्यो देखेर राजा मृग पनि तुरुन्तै भुक्लुक्क लडिहाल्यो। उनीहरू चकित परे। अनि भन्न थाले 'यो के भयो? अचम्म! राजा मृग सँगसँगै सबै मरे, जिउँदै लैजान पाएको भएपो।' के गरौं कसो गरौं भन्दै त्यो सिकारीले हत्तपत्त राजा मृग पिँजडाबाट बाहिर निकाल्यो।

निकाल्ना साथ कसो कसो गरेर त्यो राजा मृग सिकारीको हातबाट फुत्कियो। राजा मृग भाग्न सफल भएको देखेर सबै मृगहरू पनि जुरूक्क उठे अनि भाग्न सफल भए। सिकारी चकितमा पर्याे। अलि पर पुगेर राजा मृगले सिकारी र वटुवालाई भन्यो, 'तिमिहरूले हाम्रो ल्याङ्ग्वेज मात्र बुझेउ तर बडी ल्याङ्ग्वेज बुझ्न सकेनौ' अनि तिनीहरू त्यहाँबाट गायब भए।

बल्ल सिकारीले चाल पायो। झुण्ड मृगहरूले राजा मृगलाई मरे जस्तो नाटक गरेर सिग्नल पो दिएका रहेछन्, त्यो देख्ना साथ झुण्ड मृगहरूको संकेतलाई बुझी राजा मृग पनि मरे झै गरेको रहेछ। जहाँ सिकारी विफल हुन पुग्यो।

त्यसैले हामीले ल्याङ्ग्वेजलाई मात्र बुझ्ने प्रयास गयौँ भने सिकारी र बटुवा कै हालत हुनेछ।

मैले यो यहाँ किन जोड दिएको भने,आउनुहोस यस बारे अलिक विस्तृतमा हेरौँ।

हाम्रो जीवनमा एक हुन्छ ल्याङ्ग्वेज (भाषा) र अर्काे हुन्छ हाम्रो बडी ल्याङ्ग्वेज, बडी ल्याङ्ग्वेजलाई पढ्न पनि त्यति नै जरूरी हुन्छ, जति ल्याङ्ग्वेज पढ्नु जरूरी हुन्छ। हाउभाउ, आँखाको चाल र नाकको चाललाई पनि बुझ्न जरूरी हुन्छ। तपाईं कसैसँग गफगाफ गर्दै हुनुहुन्छ भने तपाईंको मुखबाट शब्द निस्किरहेको हुन्छ। त्यो सँगसँगै तपाईंको आँखा, अनुहार र शरीरले पनि केही कुरा भनिरहेको हुन्छ। जस्तै, कसैले हामी कसैलाई तारिफ त गर्याे तर उसको अनुहार हेर्दा तपाईंलाई लाग्यो कि ऊ तपाईं हामीसँग खुशी छैन। तपाईंलाई कसैले भन्छ, कि कतै घुम्न जाँउ तर उस्को हाउभाउलाई हेर्दा तपाईंलाई यस्तो लाग्यो कि ऊ तपाईंलाई घुमाउन लैजान इच्छुक छैन। यसलाई भनिन्छ, बडी ल्याङ्ग्वेज।

तसर्थ ल्याङ्ग्वेजलाई मात्र होइन बडी ल्याङ्ग्वेजलाई पनि पढ्ने प्रयत्न गर्नुपर्दछ। बडी ल्याङ्ग्वेज पढ्न सजिलो कुरा त होइन, बुझाएर बुझाउन पनि सकिदैन। तैपनि हामीले हरेक ल्याङ्ग्वेज सँगसँगै बडी ल्याङ्ग्वेजलाई पनि पढ्नु जरूरी हुन्छ।

जसरी मानिसहरूको बडी ल्याङ्ग्वेज बुझ्नको लागि अलि लामो समयसम्म सँङ्गत गर्नु जरूरी हुन्छ, त्यसरी नै स्टक मार्केटलाई बुझ्नको लागी पनि आफ्नै ज्ञान र विवेक प्रयोग गरी अलि लामो समयसम्म ट्रेड गर्दै जाँदा, सङ्गत गर्दै जाँदा बुझ्न सकिन्छ।

स्टक मार्केटमा पनि यस्तै केही कुराहरू हुन्छन्। स्टकहरू जसरी मुभमेण्ट हुन्छन्, स्टक चार्ट भित्र तिनीहरूले हामीलाई केही भनिरहेको हुन्छन्, बोलिरहेका हुन्छन् कि हामी यहाँ जान चाहान्छौ, उता जान चाहान्छौ। जब टेक्निकल एनालिसिसबाट मार्केट एनालाइसिस गर्दछौ, वास्तवमा त्यो भाषा हो। त्यसले हामीलाई ल्याङ्ग्वेजलाई पढ्न सिकाइ रहेको हुन्छ। जो व्यक्ति त्यसलाई आधार बनाई शेयर खरिद बिक्री गरिरहेका हुन्छन् ती व्यक्तिहरूले स्टक चार्ट यदि माथि तिर उठिरहेको छ भने त्यहाँ शेयर बढ्छ भन्ने बुझ्छन्। त्यस्तै स्टक चार्ट यदि तल तिर झुकिरहेको छ भने त्यहाँ शेयर घट्नेछ भन्ने बुझ्छन्। तर यो बुझाई केवल ल्याङ्ग्वेज मात्र हो। ल्याङ्ग्वेजको मतलब म बोलिरहेको छु कि म यो गर्दैछु। यसको पछाडि छोपिएको हुन्छ, बडी ल्याङ्ग्वेज। यसलाई पनि पढ्नु जरूरी हुन्छ।

केही स्टकको राम्रो खबर आयो र केहीको खराब आयो भने अब ती स्टकको चाल कस्तो हुन्छ? कस्तो रियाक्ट गर्छ? त्यसतर्फ ध्यान दिनु जरूरी हुन्छ। नकारात्मक खबर त आयो तर त्यो शेयरको चालमा कुनै गिरावट आएको छैन भने हामीले बुझनु पर्छ कि त्यहाँ केही गडबड छ। यो पुरा बजारको जुन मनोविज्ञान छ ,यो सबै बडी ल्याङ्ग्वेजमा टिकेको हुन्छ। ल्याङ्ग्वेज त सबैले देख्छन् चार्ट भित्र, शेयरको भाउ कति छ सबैलाई थाहा हुन्छ। जुन तपाईंले देखिरहेको हुनुहुन्छ त्यो, म पनि देखिरहेको हुन्छु। एउटा चेलालाई गुरूले सही मार्ग देखाइदिने हो तर गुरू आफै चेलाको बाटोमा हिड्न सक्दैन। त्यसैले बजारको बडी ल्याङ्ग्वेजलाई बुझ्नुपर्छ, आफै चार्टहरू हेर्नुपर्छ, आफै ज्ञान बढाउनुपर्छ, बजार र आफुवबिच घनिस्ट मित्रता गाँस्नुपर्छ। जो मानिस बडी ल्याङ्ग्वेज पढ्न जान्दछ उसले ती शेयरहरू भित्र के कस्तो चाल चलिरहेको छ त्यसको असल अर्थ थाहा पाउन सक्छ। त्यसैले बजारको बडी ल्याङ्ग्वेजको ज्ञान बिना तपाईं अधुरो हुनुहुनेछ। यसलाई बुझ्ने प्रयत्न गर्नुपर्छ।

एउटा व्यापारले तपाईंलाई धनी बनाउन सक्छ या सक्दैन यो निश्चित छैन तर कुनै योजना बिनाको खराब व्यापारले तपाईंको खाता निश्चित रूपमा उडाउन सक्छ।

त्यसैले सफल कारोबारी हुनको निम्ति यी ९ कुरामा ध्यान दिन जरूरी छ।

  •  आफ्नो कारोबारलाई एक व्यापारी (बिजनेस) तरिकाले सोच्नुहोस्।
  •  आफ्नो फाइदाको लागी टेक्नोलोजीको प्रयोग गर्न सिक्नुहोस्।
  •  कारोबारको लागी पूँजी सुरक्षित गर्नुहोस्।
  •  बजारको एक सफल विद्यार्थी बन्नुहोस्।
  • आफुले मूल्य चुकाउन सक्ने जोखिम मात्र लिनुहोस्।
  • तथ्यांकमा आधारित ट्रेडिङ गर्ने विधिको विकास गर्नुहोस्।
  • सधै स्टप लसको प्रयोग गर्नुहोस्।
  • कारोबारलाई कहिले रोक्ने भन्ने कुरा थाहा पाउनुहोस्।
  • आफ्नो कारोबारमा सदैव ध्यान दिनुस्।
comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।