सातामा नेप्से ०.८२ प्रतिशत बढ्यो, कारोबार रकम भने ९ प्रतिशत घट्यो

Feb 14, 2020 01:36 PM Merolagani



यस साता नेप्से परिसूचक ०.८२ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन एक हजार ३३३.६९ विन्दुमा बन्द भएको नेप्से यस साताको अन्तिम कारोबार दिन एक हजार ३४४.५९ विन्दुमा पुगेर बन्द भएको छ।

यस साताको बजारलाई कम्पनीहरुले प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणले प्रभावित पारेको छ। नाफा बढेको वित्तीय विवरण प्रकाशित गरेका कम्पनीहरुको शेयरहरुमा लगानीकर्ताहरु आकर्षित भएका छन्।

यसका साथै यस साता बजार सुधार तथा विस्तारका कार्यहरुले गति लिएपछि लगानीकर्ताहरुको मनोबल बढेको छ। पछिल्लो समय नेप्से करेक्सन हुँदै अगाडि बढीरहेको हुनाले आगामी साता पनि नेप्से सकारात्मक दिशामा नै अगाडि बढ्न लगानीकर्ताहरुको अपेक्षा रहेको छ।

नेप्से परिसूचक बढेपनि यस साताको कारोबार रकम भने अघिल्लो साताको तुलनामा ९ प्रतिशत घटेको छ। यस साता १८२ कम्पनीको ७० हजार ९१८ पटकको कारोबारमा ६ अर्ब ७० करोड ७५ लाख रुपैयाँ बराबरको करोड ६६ लाख ३६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। अघिल्लो साता ७ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो।

नेप्से परिसूचक बढेसँगै यस साता कूल बजारमा पूँजीकरण पनि बढेको छ। गत साताको अन्तिम कारोबार दिनको तुलनामा यस साताको अन्तिम कारोबार दिन कूल बजारमा पूँजीकरण १ अर्ब ४६ करोड रुपैयाँ बढेको छ।

यस साता सर्वाधिक कारोबार हुनेमा शिवम सिमेन्ट अगाडि रहेको छ। सो कम्पनीको यस साता ३ हजार ४१० पटकको कारोबारमा ५० करोड ६७ लाख रुपैयाँ बराबरको ९ लाख १० हजार कित्ता शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस साता एनआईसी एशिया बैंक र नागरिक लगानी कोषको कारोबार रकम २८ करोड नाघेको छ।

शेयरमूल्य सर्वाधिक बढ्ने कम्पनीको सूचीमा भने यस साता नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड अगाडि रहेको छ। सो कम्पनीको शेयरमूल्य यस साता १७.६४ प्रतिशत बढेको छ।
यस साता १२ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ५ उपसमूहको परिसूचक घटेको छ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।