फरवार्डको नगद लाभांश बैंक खातामा

Feb 16, 2020 12:31 PM Merolagani



फरवार्ड कम्यूनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (FOWAD) ले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ।

माइक्रोफाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको १२.५० प्रतिशत नगद लाभांश शेयरधनीहरुको डिम्याट खातामा उल्लेखित बैंक खातामा जम्मा गरेको हो।

गत पुस २९ गते सम्पन्न माइक्रोफाइनान्सको सातौँ वार्षिक साधारण सभाले सो नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गराई खाताको विवरण उपलब्ध गराउन अनुरोध गरेको छ।

माइक्रोफाइनान्सको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।