फरवार्डको नगद लाभांश बैंक खातामा

Feb 16, 2020 12:31 PM Merolagani



फरवार्ड कम्यूनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (FOWAD) ले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ।

माइक्रोफाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको १२.५० प्रतिशत नगद लाभांश शेयरधनीहरुको डिम्याट खातामा उल्लेखित बैंक खातामा जम्मा गरेको हो।

गत पुस २९ गते सम्पन्न माइक्रोफाइनान्सको सातौँ वार्षिक साधारण सभाले सो नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गराई खाताको विवरण उपलब्ध गराउन अनुरोध गरेको छ।

माइक्रोफाइनान्सको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।