काठमाण्डाैमा विद्युत वितरण प्रणालीलाई भूमिगत गरिने काम शुरू

Feb 17, 2020 01:55 PM merolagani



काठमाण्डाै  उपत्यकाको विद्युत वितरण प्रणालीलाई भूमिगत गरिने भएकाे छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो चरणमा हुने रत्‍नपार्क र महाराजगञ्‍ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा हुने कामकाे शुभारम्भ गरेका छन् ।

उक्त कार्यका लागि निर्माण व्यवसायी KEI Industries Limited सँग मार्च २०१९ मा ठेक्‍का सम्झौता भै अक्टोबर २०२१ सम्ममा कार्य सम्पन्‍न गर्ने लक्ष्य रहेको छ । एसियाली विकास बैंकको सहुलीयतपूर्ण ऋण र नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा संचालित यस आयोजनाको कुल ठेक्‍का सम्झौता रकम करिव रु ७ अर्ब रहेको छ।

महाराजगञ्‍ज वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरु बालुवाटार, बुढानिलकण्ठ, टोखा, गोंगबू, महाराजगञ्‍ज, आदि स्थानहरुमा करिब २५० किलोमीटर ११ हजार भोल्टेजको भूमिगत लाइन तथा करिब ४०० किलोमीटर ४०० भोल्टेजको भूमिगत लाइन निर्माणको साथै करिब २५० किलोमीटर अप्टिकल फाइबर भूमिगत बिछ्याइनेछ।

त्यसैगरि रत्‍नपार्क वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरु रत्‍नपार्क, न्यूरोड, अनामनगर, ठमेल, त्रिपुरेश्वर, सिंहदरबार, लाजिम्पाट, एयरपोर्ट, चावहिल जोरपाटी आदि स्थानहरुमा करिब २०० किलोमीटर ११ हजार भोल्टेजको भूमिगत लाइन तथा करिब ४०० किलोमीटर ४०० भोल्टेजको भूमिगत लाइन निर्माणको साथै करिब २०० किलोमीटर अप्टिकल फाइबर भूमिगत बिछ्याइनेछ।

दोश्रो चरण अन्तर्गत काठमाडौका बांकी भाग, ललितपुर र भक्तपुरका मुख्य मुख्य सडकमा तार भूमिगत गर्नको लागि वोलपत्रको विभिन्न चरणमा रहेको छ । साथै पोखरा, भरतपुर लगायतका देशका मुख्य मुख्य शहरहरूमा समेत भूमिगत तार विछ्याउनको लागि सर्भेक्षण कार्य थालनी गरिएको प्राधिकरणले जनाएकाे छ ।

हाल भइरहेको ओभरहेड वितरण प्रणाली भन्दा भूमिगत प्रणाली सुरक्षित,भरपर्दो हुनुका साथै शहरी सौन्दर्यता कायम राख्‍न समेत मद्दत पुग्ने प्राधिकरणले जनाएकाे छ ।




अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट, कारण यस्तो

Oct 22, 2025 06:06 AM

२१ अक्टोबर, अर्थात मंगलबार अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट देखिएको छ। पछिल्ला केही महिनादेखि उच्च दरमा बढेर दैनिक जसो नयाँ नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यमा मंगलबार करिब ६ प्रतिशतसम्मको गिरावट भएको छ।