लुम्बिनी जनरल इन्स्योरेन्सको करिब १ लाख कित्ता लिलामीमा

Feb 18, 2020 08:49 AM Merolagani



लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड (LGIL) ले सर्वसाधारण समूहको करिब १ लाख कित्ता लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ। इन्स्योरेन्सले गत कात्तिक २४ गतेदेखि मंसिर २९ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर बिक्री गर्न लागेको हो।

लिलाम प्रक्रियामार्फत बिक्री गर्न लागिएको अवितरित ९९ हजार ७२६ कित्ता हकप्रद शेयरका लागि फागुन १४ गतेदेखि २१ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ। सो शेयर खरिदका लागि इच्छुक व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले बोलपत्र पेश गर्न सक्नेछन्।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी रकम अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ। बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता वा अधिकतम सबै कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर बिक्री प्रबन्धक सिबिआईएल क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथमा सिटिजन्स बैंकका विराटनगर, विरगंज, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन्।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।